News

चिनमा पहिलो चालकरहित स्मार्ट तथा हाइस्पिड रेल सेवा शुरु, रोबोटले गर्छ मर्मत:

सउल / दक्षिण कोरिया ,चीनले सन् २०२२ को शीतकालीन ओलम्पिकका लागि आयोजक शहर बेइजिङ र झांगजियाकौलाई जोड्ने पहिलो स्मार्ट तथा हाइस्पिड रेल सेवा शुरु गरेको छ । यो रेलसेवा बेइजिङदेखि झाङजियाकौसम्म हुने जनाइएको छ । ३५० किलोमिटर प्रतिघण्टा गति रहेको यो रेललाई चीनले विश्वकै पहिलो स्मार्ट र हाइस्पिड रेल बताएको छ ।

यो रेलमा ५जी सिग्नल, वायरलेस चार्जिङ तथा स्मार्ट लाइटिङका साथै सबै सुविधा ‘आर्टिफिसियल इन्टिलिजेन्स’ सँग कनेक्ट भएको बताइएको छ । यो रेल चालक रहित छ । रेलमा प्रयोग भएको सबै प्रविधि तथा जीपीएस प्रणाली चीन आफैले तयार पारेको बताइएको छ ।

चालक रहित रेल भएपनि यसमा एकजना मानिस रहने बताइएको छ । जसले कुनै आकस्मिक संकट आइपरेमा समाधान गर्ने बताइएको छ ।
सोमबार बेइजिङदेखि झांगजियाकौसम्म १७४ किमीको यात्रा गरी यो रेलसेवाको शुरु गरियो । यस दूरीलाई ४७ मिनेटमा पूरा गरेको थियो ।–एजेन्सी

Author Since: Dec 06, 2019

Related Post