कोरिया खबर

दक्षिण कोरियाली सवारी साधन निर्माता ह्यन्दे र कियाको व्यापार ७ वर्षकै न्यून:

सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली सवारीसाधन निर्माता ह्यन्दे र किया मोटर्सको व्यापार सन् २०१९ मा ७ वर्षकै कमजोर बन्न पुगेको छ । चीनको व्यापारमा आएको कमीसँगै कम्पनीको समग्र व्यापार घटेको हो । तर, सन् २०२० का लागि भने कम्पनीले आफ्नो व्यापारमा सुधार आउने अपेक्षा गरेको छ ।समग्रमा ह्यन्दे र किया मोटर्सको २०१९ को ब्यापार घटेको हो ।

ह्यन्दे मोटर ग्रुपले अहिले सामना गरिरहेको विभिन्न प्रकारको चुनौतीको कारण पनि व्यापारमा कमी आएको हो । ह्यन्दे र कियाले संयुक्त व्यापारमा सन् २०१९ मा ३ प्रतिशतको कमी आएको बताएका छन् । यससँगै उनीहरुको सवारीसाधनको समग्र ७१ लाख ९० हजारमा झरेको छ ।

यसअघि ७६ लाख सवारीसाधन विक्री गर्ने लक्ष्य राखिएको थियो । ह्यन्दे र कियाले सन् २०२० मा भने आफूहरुको संयुक्त व्यापार ५ प्रतिशत बढ्ने बताएका छन् । यससँगै उनीहरुको संयुक्त सवारीसाधनको व्यापार ७५ लाख थान पुग्नेछ । एजेन्सी

Author Since: Dec 06, 2019

Related Post