कोरिया खबर

कोरियाली राष्ट्रपति मुनले हिमाल चढेर नयाँ बर्ष सुरु गरे

सोल/दक्षिण कोरिया-कोरियाली राष्ट्रपति मुन जे इनले आफ्नो नयाँ बर्ष गुरी पूर्वको माउन्ट आचा सम्म पैदल यात्रा गरेर मनाएका छन् ।उनी अग्नि नियन्त्रक लगायतका आफ्ना विशेष दस्ताका साथ उक्त हिमालमा पैदल यात्रामा निस्किएको सरकारी अधिकारीहरुले जनाएका छन् ।राष्ट्रपति मुनले विगत तीन बर्षबाट हिमाल आरोहण गरेर नयाँ बर्ष मनाउदै आएका छन् ।

गत बर्ष उत्तरी सोलको माउन्ट नाम तथा दुइ बर्ष अगाडी माउन्ट बुखानको आरोहण गरेका थिए ।

कोरियामा जनवरी १ देखी लागु हुनेगरी श्रमिकको तलब बृद्दी!अबदेखी घन्टाको ८५९० हुने !

दक्षिण कोरियामा जनवरी १ देखी लागु हुनेगरी श्रमिकको न्युनतम ज्याला बृद्दी भएको छ।२०१९ को तलबको तुलनामा २.८७ प्रतिशतले बृद्दी भई प्रतिघन्टा ८५९० वोन (७.४ अमेरिकी डलर) भएको हो।दैनिक ८ घन्टा हप्ताको ४० घन्टा कामगर्ने मजदुरको न्युनतम ज्याला महिनामा १७,९५,३१० कोरियन वोन हुनेछ।साथै दिनमा ८ घन्टाभन्दा माथी अतिरिक्त कामगर्ने मजदुरले राती दश बजेसम्म प्रतिघन्टा १२,८८५ वोन पाउनेछन।

त्यसैगरी राती १० बजेदेखी बिहान ६ बजेसम्म को अतिरिक्त रात्री भत्ता सहित प्रतिघन्टा १७,१८० वोन प्राप्त गर्नेछन।गत जुलाईमा तलब निर्धारण समिती र श्रम तथा ब्यबसाय प्रतिनिधीहरु बिच छलफल पश्चात २.८७ प्रतिशत तलब बढाउने सहमती भएको थियो।

बृद्दी भएको तलब बाट करिब १.३७ मिलियन श्रमिकहरु प्रतक्ष लाभान्बित हुने तलब निर्धारण समितीले बताएको छ।उसले भनेको छ कि ” तलब बृद्दी ले बढदो महङ्गी तथा खर्चिलो जिवनयापन लाई केही भएपनी राहत दिने छ।”

एकातिर तलब बृद्दीले साना तथा मझौला उधोगहरुलाई प्रत्यक्ष प्रभाव पारेको छ भने अर्कोतर्फ तलब बृद्दीले श्रमिकहरु पनि त्यति खुशी छैनन।तलब बृद्दीसंगै कम्पनीले खाना तथा बसोबास को लागी भनेर कम्पनीलाई श्रमिकको तलबको १०% देखी २०% कटौती गर्न छुट भएसंगै लाखौँ श्रमिकहरु तलब बृद्दीले त्यती उत्साहित देखिदैनन।

Author Since: Dec 06, 2019

Related Post