दक्षिण कोरिया विश्वको बलियो अर्थतन्त्र हुने १० औं स्थानमा
- by siddhartha@post
- 1 year ago
- 0 comments

सोल- दक्षिण कोरिया सन् २०२७ सम्ममा विश्वको उत्कृष्ठ १० अर्थतन्त्र भएको मुलुकमा रुपान्तरण हुने एक अध्ययनले देखाएको छ ।सेन्टर फर इकोनोमिक्स एण्ड विज्नेस रिसर्चले हालै गरेको एक अध्ययनका अनुसार सन् २०२७ सम्ममा कोरियाली अर्थतन्त्र विश्वका दश उत्कृष्ठ मध्ये पुग्ने देखिएको हो ।अध्ययनले कोरिया निकट भविस्यमा विश्वकै अर्थतन्त्र मा १२ अौँ स्थानबाट १० अौँ स्थानमा आउने लक्ष लिएको छ।
विश्व आर्थिक अध्ययन प्रतिवेदन २०२० ले गत साता सार्बजनिक गरेको प्रतिवेदनमा सन् २०३० सम्ममा चिन विश्वको सबै भन्दा शक्तिशाली अर्थतन्त्र भएको मुलुकको रुपमा अगाडी आउने छ।अध्ययनले विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीलाई उछिन्दै भारत चौथो ठूलो अर्थतन्त्र भएको मुलुकका रुपमा स्थापित हुने समेत प्रतिवेदनले देखाएको छ ।
अध्ययनका अनुसार चिनियाँ अर्थतन्त्रमा आएको ह्रासले कोरियाली अर्थतन्त्रमा असर गरेको जनाउदै यदि त्यसो नभएको भए कोरियाली अर्थतन्त्र अझै माथि पुग्ने अध्ययनले जनाएको छ ।अध्ययनले कोरियाको कुल गर्हास्थ उत्पादन सन् २०२० बाट २०२५ सम्म २.५ प्रतिशत पुग्ने तथा सन् २०२५ बाट २०३० सम्म बढेर २.९ प्रतिशत पुग्ने पनि सर्वेक्षणले प्रक्षेपण गरेको छ ।