कोरिया खबर

कृषी प्रबिधीमा कोरियाको क्रान्ती,बालीनालीको निरिक्षण अब ड्रोनबाट !

कोरियाली विज्ञान मन्त्रालयले कोरियाली ड्रोन क्षमतामा अभिबृद्धि गराउन सन् २०२० का लागि करिव २३.२ मिलियन अमेरिकी डलर बजेट विनियोजन गरेको छ ।मन्त्रालय श्रोतका अनुसार कुल बजेटको करिव ५ प्रतिशत रकम ड्रोनमा प्रयोग हुने असली सामानहरुको विकासमा खर्च हुने छ ।त्यसै गरि करि ३० प्रतिशत बजेट ड्रोनमा फाइभ जी प्रविधि तथा स्वचालित प्रविधि,

स्थापना गर्न खर्च हुने छ र बाँकी रकम आवश्यक पाटपूर्जामा खर्च गरिने छ ।ड्रोनमा प्रयोग हुने सामाग्रीहरु अन्य कम्पनिहरुमा पनि प्रयोग गर्न मिल्ने गरि तयार गरिने मन्त्रालय श्रोतले जनाएको छ ।ड्रोनको डाटा सुरक्षा तथा डाटा पारदर्शिता लगायतमा पनि उल्लेख्य सुधार गरिने मन्त्रालयले जनाएको छ । यो विशेष प्रविधि युक्त ड्रोनमा जमिन, आकाश तथा पानीमा पनि प्रयोग गर्न सकिने अत्याधुनिक प्रविधिको प्रयोग गरिने छ ।

साथै मन्त्रालयले सन् २०२४ सम्ममा करिव ४५ मिलियन अमेरिकी डलर यस क्षेत्रमा खर्च गर्ने पनि जनाएको छ । यसरी उत्पादन गरिने ड्रोनहरु सोलार प्लान्टको निरिक्षण, कृषि तथा बाली अनुसन्धानमा समेत उपयोग गरिने मन्त्रालय श्रोतले जनाएको छ ।

Author Since: Dec 06, 2019

Related Post