कोरिया खबर

ईपिएस ( EPS) कार्यअबधी सकिएर नेपाल फर्कनुभन्दा अगाडी गर्नुपर्ने कार्यहरु

गुरुदत्त न्यौपाने/कोरिया

१.कोरियामा कामदारको भिसा अवधि ४ बर्ष १० महिनाको अवधि सकिनु बढीमा १ महिना अघि (घटिमा ७ दिन अघि) कम्पनीमा जानकारी गराई आफनो हिसाब गर्नु जरुरी छ । साथै थेजिकमको रकमको बारेमा सामसङ ईन्स्युरेन्स कम्पनीमा कम्पनी मार्फत वा सोझै पनि निवेदन दिई आफूले सामसङबाट पाउने रकम तथा नपुग भएको खण्डमा साहुले दिनु पर्ने रकम समेत सुनिश्चित गर्ने तथा साहुसंग लिने ।

Samsung : 02 2261 8400 after Ars 14(नेपाली भाषामा)
थेजिकगुम कति छ भनेर बुझ्न आनसान को HRD Office 1577 0071 मा फोन गरेर अथवा अफिसमा गएर पनि बुझ्न सकिन्छ।

२.एउटै कम्पनीमा काम गरी पुनः सोही कम्पनीमा आउन चाहने प्रतिबद्ध कामदारहरुले बढीमा १ महिना अघि ( घटिमा ७ दिन अघि) साहु समेत नोदोङ्बुमा गई पुनः Standard Labour Contract गर्ने र एक प्रति करार पत्र साथै लिने।성실근로자 재입국 관련: 1350

३.कार्यअबधि सकिनु ,आफूले प्रस्थान गर्ने दिनको टिकट कम्तिमा एक महिना अगावै लिनु बेश हुन्छ किनकि सामसङ बीमा कम्पनी तथा आवश्यकता अनुसार कार्यरत कम्पनीमा टिकट पेश गर्नु पर्ने हुन्छ । फेरी एक महिना अगावै टिकट लिदा सस्तो पनि पर्छ ।

५.कोरियामा रहदा आफुले पुरानो राहदानीको साटो नयां राहदानी लिएको भए पुरानो राहदानी समेत साथै लिएर फर्कने । यदि हराएर नयां बनाएको हो भने पुरानो राहदानीको फोटोकपि छ भने सो समेत साथै लिएर आउने । Alien Registration Card को फोटो कपि चार पांच वटा बनाउने तथा फोटोकपि साथै ल्याउने ।

५.एउटै कम्पनीमा ४ बर्ष १० महिना काम गरी फर्केको तथा पुनः सोही कम्पनीमा जान चाहने कामदारहरुले नेपाल फर्केको सात दिन भित्र आफनो राहदानी तथा एलियन रजिष्ट्रशन कार्डको फोटो सहित ईपिएस. कार्यालय ग्र्वाकोमा सम्पर्क राख्ने । यस्ता कामदारहरु तीन महिना पछि पुनः कोरिया प्रवेश गर्न पाउंछन् । बिस्तृत जानकारी को लागि EPS Office Gwarko: 01 5186349~50

६.कोरियाबाट फर्कने बेलामा थेजिकमका लागि ईन्छन एयरपोर्टको टिकट काउण्टर नजिक रहेको सम्बन्धित बैंकको काउण्टरबाट भुक्तानी आदेश लिई, भित्र पसी अध्यागमन काउण्टर पार गरेको लगत्तै बैंक काउन्टरबाट थेजिकमको रकम भुक्तानी लिने । कथम कदाचित थेजिकमको रकम भुक्तानी लिन नभ्याएमा नेपाल फर्केपछि ईपिएसं कार्यालय ग्र्वाकोमा सम्पर्क राख्ने । ईन्छन एयरपोर्टको बैंकको काउण्टर हरू बिहान 6 बजे देखि बेलुका 9 बजेसम्म खुल्ला रहनेछ ।

७.EPS कामदार अनिवार्य रुपमा आफनो भिसा अवधि समाप्त हुनु अगावै फर्कनु पर्छ अन्यथा अवैधानिक भईन्छ । सम्पूर्ण भिसा अवधि सकेर फर्कदा आफनो एलियन रजिष्ट्रशन कार्ड एयरपोर्टको अध्यागमन शाखामा बुझाउनु पर्छ ।외국인등록증 반납 , यदि बोकेर गएको खण्डमा तुरुन्त नेपाल बाट सम्बन्धित अध्यागमन बिभागमा हुलाक मार्फत पठाउँछ सकिन्छ।

८.कोरियामा ३ बर्ष पुरा गरेपछि पुनः १ बर्ष १० महिनाको भिसा लागे पछि नेपाल फर्केर सि.बि.टि परीक्षा दिन ३ बर्ष पुरा भई थप काम गरेको हुनै पर्छ अर्थात् ३ बर्ष पछि पनि काम गर्नु पर्छ । साथै उमेर ३९ बर्ष काटेको हुनु हुदैन ।

९.४ बर्ष १० महिना पुरा गरी नेपाल फर्केर पुनः कोरिया जादा पनि श्रम स्वीकृति भने लिनै पर्छ । ईपिएस. कामदारहरुले श्रम स्वीकृति ईपिएस शाखा ग्र्वाकोबाट लिंदा हुन्छ ।

१०.कोरियाबाट नेपाल फर्केका धेरैको राहदानी हराएको , एलियन कार्डको फोटोकपि हराएको जस्ता कुरा सुनिने हुंदा यस्तो कागज सुरक्षित रुपमा घरमा राख्नु हुन भयो भने पछि सहज हुनेछ ।

Author Since: Dec 06, 2019

Related Post