कोरिया खबर

मेचु धिमाल र अन्जु राना मगरले सलनालमा कोरिया तताउने

भ्वाइस अफ नेपालका चर्चित प्रतियोगी मेचु धिमाल र अन्जु राना मगरले सलनालमा कोरिया तताउने भएका छन् । ओखलढुंगा सेवा समाजले आयोजना गर्न लागेको 1974 AD LIVE CONCERT IN SEOUL मा उनिहरुको प्रस्तुती रहने छ ।यहि नोभेम्बर २४ मा एनसिसी कोरियाको सास्कृतिक कार्यक्रम बाडफाडमा ओखलढुंगा सेवा समाजले कार्यक्रमको जिम्वेवारी पाएसँगै समाजले चर्चित ब्याण्ड 1974 AD

सँगसगै मेचु धिमाल र अन्जु राना मगरलाई कोरिया आमन्त्रित गर्न लागेको हो ।कार्यक्रम आउदो जनवरी २५ तारिक सउलमा हुदैछ ।

कोरियाको राजधानी सोल विश्वका महंगा सहर मध्ये छैठौं स्थानमा

बिदेशी पर्यटकका लागी कोरियाको राजधानी सोल विश्वकै छैठौं महँगो सहर बनेको छ । ग्लोबल ह्युमन रिसोर्सले गरेको एक सर्बेक्षण अनुसार विश्वका सबैभन्दा महंगा सहर मध्ये गत बर्ष १५औं स्थान ओगटेको राजधानी सोल २०१९ मा छैठौ स्थानमा परेको हो ।रिसोर्सले विश्वका ४ सय सहरमा त्यहाको खानाको मुल्य ,कपडा ,सार्बजनिक यातायातको भाडा ,घर भाडा ,होटल तथा रेस्टुरेन्ट को मूल्य ,मनोरंजन लगाएत २ सय वटा शिर्षकमा तुलनात्मक अध्ययन पछी उक्त रिपोर्ट सार्बजनिक गरेको हो।

रिपोर्ट अनुसार विश्कै सबैभन्दा महँगो सहरको रुपमा अफ्रिकी राष्ट्र अंगोलाको राजधानी लुआन्डाले प्रथम स्थान ओगटेको छ ।जहाँ २ वटा बेडरुम भएको एउटा अपार्टको मासिक भाडा ६ हजार ५५ अमेरिकी डलर छ भने एउटा हामबर्गर को मूल्य झन्डै १५ डलर छ ।त्यस्तै टप टेन महंगा सहरहरुमा कोरियाको राजधानी सोल ,हङ्कङ्ग ,टोकियो, सिंगापुर जेनेभा ,संघाई ,न्युयोर्क आदि रहेको समेत अध्यन रिपोर्टले देखाएको छ ।

Author Since: Dec 06, 2019

Related Post