कोरिया खबर

३० मिटर अग्लो क्रेन भाँचीदा कोरियाको ईन्छनमा दुईको मृत्यु,एक घाईते!

गुरुदत्त न्यौपाने / सउल,

फोटो स्रोत: कोरिया टाईम्स

दक्षिण कोरियाको राजधानी सउलबाट पश्चिमी क्षेत्रमा पर्ने ईन्छन प्रान्तमा गत शुक्रबार निर्माण क्षेत्रमा रहेको करिब ३० मिटर अग्लो क्रेन भाँचीदा दुई जना कामदारको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएको ईन्छन प्रहरीले जनाएको छ।निर्माण क्षेत्रमा क्रेन सेटिङ गर्ने कम्पनीका ५० र ५८ बर्षिय दुई बयस्क कोरियन कामदारको मृत्यु भएको हो भने घाईते ३४ बर्षिय कामदारको हातमा चोट लागेको छ।

ति कामदारहरु टि आकारको क्रेनको २४ मिटर उचाईमा काम गर्दैगर्दा उक्त दृघटना भएको थियो।मृतक दुईजना कामदार लाई क्रेनले च्यापीएको अबस्थामा घटनास्थलमा फेला पारिएको थियो ।प्रहरीका अनुसार उनिहरु निर्माण क्षेत्रमा काम सकिएसंगै क्रेनको बोल्टहरु खोल्दै थिय।घटनाको कारण पत्ता लगाउन प्रहरीले घटनास्थलको सिसीटिभी फुटेज को अनुसन्धान गरीरहेको छ।

टावर क्रेन भाडामा लिने संस्थाका प्रमुख हान साङ गिल ले बताएअनुसार क्रेनमा जति बोल्टहरु लगाउनु परने थियो त्यती नलगाएको र बोल्टहरु जति कस्नुपर्ने थियो थियो त्यती नकसेको कारण दृघटना भएको प्रारम्भिक अनुमान लगाएका छन।

प्रहरीले सुरक्षा उपाएहरु अपनाएको नअपनाएको अनुसन्धान गरेको छ।यदि सुरक्षा उपायहरुको अबलम्बन नगरेको ठहरेमा निर्माण कम्पनी कारबाहीको दायरामा आउने प्रहरी अधिकृतले जनाए।

Author Since: Dec 06, 2019

Related Post