News

वर्षमै ३ कराेड तलब बुझ्ने नेपाली काे हुन्?

काठमाडौं – ज्योति पाण्डे बैंकिङ क्षेत्रका सबैभन्दा महंगो व्यक्ति भएका छन् । पाण्डे नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् ।सीइओ पाण्डेका लागि बैंकले आर्थिक वर्ष ०७५/७६ मा ३ करोड ६ लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ । जबकि अन्य कुनै पनि बैंकले सीइओका यति मोटो रकम खर्च गरेका छैनन् ।

एक वर्षको अवधीमा पाण्डेको तलब सुविधा ४१ लाख रुपैयाँले बढेको देखिन्छ ।आर्थिक वर्ष २०७४/७५ मा बैंकले पाण्डेका लागि २ करोड ६५ लाख १० हजार रुपैयाँ खर्च गरेको थियो भने २०७३/७४ मा २ करोड ३६ लाख रुपैयाँ खर्च गरेको थियो ।

गत आर्थिक वर्षको वार्षिक विवरण अनुसार बैंकले प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई १ करोड ६० लाख ७६ हजार रुपैयाँ तलब वापत दिएको छ । यस्तै १ करोड ७ लाख १७ हजार,दशैं भत्ता वापत २२ लाख ३३ हजार रुपैयाँ र संचय कोषको लागि १६ लाख ८ हजार रुपैयाँ दिएको छ ।बैंकले दिएको तलब सुविधामा कर कटाएपछि पाण्डेले सुविधा पाउँछन् ।

Author Since: Dec 06, 2019

Related Post