कोरिया खबर

जनवरी २५ मा 1974 AD ब्याकुल माइला पनि उपस्थित हुँदै!

सउल कोरिया,

ओखल्ढुङ्गा जिल्ला को स्वास्थ र शिक्षा क्षेत्रमा सहयोगार्थ द. कोरियाको महान चाड सलनालको अवसर पारेर यहि आउदो जनवरी २५ का दिन ओखलढुङ्गा सेवा समाज द. कोरियाले सउलमा आयोजना गर्न लागिरहेको छ । 1974 AD को लाईभ कन्सर्ट साथै भोईस अफ नेपालका चर्चित गायिकाद्वेय मेचु धिमाल र अन्जु राना मगर को भब्य प्रस्तुती सहितको कार्यक्रम नजिकिदै गर्दा

यो कार्यक्रमको चर्चा कोरियाभर व्यापक भएको छ ।चर्चित ब्याण्ड 1974 AD सहित मेचु धिमाल, अन्जु राणा मगर को दमदार प्रस्तुती त छदैछ, त्यस सङ्गै नेपालकाे राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइला (प्रदिप कुमार राई) को उपस्थितीले कार्यक्रमलाई अझ गहकिलो र अर्थपुर्ण बनाउने अपेक्षा गरिएकाे छ ।

एकातिर मनोरन्जनको फुल प्याकेज अर्को तिर राष्ट्रिय एकताका प्रतीक ब्याकुल माइलाको उपस्थितिले कोरियामा रहेका सबै नेपालीहरु माझ यति धेरै चर्चामा आएको यस कार्यक्रमलाई सभ्य अनि भब्य बनाउन यतिखेर आयोजक टिम दिन रात खटिरहेको कुरा आयोजक ओखलढुङ्गा सेवा समाजका अध्यक्ष श्रीराम तमु ले बताएका छन् ।

जनवरी 25 तारिक दिनको 2 बजेबाट शुरु हुने उक्त कार्यक्रम Yes 24 LIVE HALL, 서울특별시 광진구 구천면로 20 (광장동)예스이십사라이브 हलमा हुन गैरहेको छ । यो हल सौल सबवे लाइन नम्बर 5 को 광나루역 मा झरेर 2 नम्बर गेटबाट निस्केर सय मिटर अगाडि बढेपछी पुगिनेछ । समाज सेवा जस्तो पबित्र कार्यको लागि गर्न लागिएको हुनाले यस कार्यक्रम कोरियाबासी सम्पुर्ण नेपालीहरुलाइ आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रममा SBI Cosmoney Nepal रेमिट्यान्सले काेरियाबाट सस्ताेमा पैसा पठाउने रेमिट्यान्स सेवा दिनेछ । त्यसैगरी Nabil Remit नबिल बैंकले काेरियामा रहेका नेपालीहरूका लागि बैंक खाता खाेल्ने पुरानाे खातालाइ एक्टिभ गर्ने, माेवाइल बैंकिङ्ग लगायतका सेवा दिने आयाेजकले जानकारी दिएकाे छ ।

Author Since: Dec 06, 2019

Related Post