News

हामी कहिल्यै कश्मीर फर्किँदैनौं, किनकी हामी सक्दैनौं

एजेन्सी। हाम्रो बिदा सामान्य भन्दा निकै फरक हुन्छ। प्रायः जसो तीन साताको बिदा हामी सधैं भाडाको घरमा मनाउँछौं। कहिल्यै पनि कुनै होटलमा जाँदैनौं । हामीहरु आफ्नो स्वामित्वमा रहेको स्थानमा बस्छौं र हामीसँग सधैं खरीद गरेको स्थान नै हुन्छ । त्यहाँ हामी किराना पसल, खेलौना पसल र स्थानीय पुस्तकालयलगायतका स्थान चाहार्छौं । साथै हामीले खेल्ने चौर, बच्चाहरुको कक्षा, केही साथी बनाउने र खेल्ने पनि व्यवस्था मिलाउँछौं ।लेखिका आफ्नो घर जहाँ गयो त्यसैलाई बनाउने प्रयास गर्छिन्। कश्मीरको विषयमा चलेको युद्धमा उनले आफ्नो घर गुमाएकी थिइन्। त्यसैले उनी आफू पुगेको स्थानलाई आफ्नो घर मान्ने गर्छिन्।मैले आफ्नो अनुसन्धानको समयमा बनाएको गूगल म्याप, कलर–कोडेड, लेयर्ड र इन्ट्रिकेट थियो । हामीले ग्रीसदेखि जापानसम्मका सबैजसो स्थानमा अस्थायी बसोवासको तय गरेका थियौं । हाम्रो अन्तिम यात्रा अमेरिकाको हवाईस्थित ओआहुमा थियो ।

यहाँ हामीले पाँच किराना पसल, कपडा लोड गर्ने र बाँकी बचेको समय भाँडा माज्ने काम गरेका थियौं । हामी जहाँ बसेका थियौं, त्यहाँ खासै राम्रो सुविधा थिएन, एयर कन्डिसन र लिफ्टको समेत राम्रो सुविधा थिएन ।कुनै पनि स्थानमा राम्रोसँग बस्नसक्ने हाम्रो अवस्था थिएन । सो अवधिमा मलाई आफ्ना बच्चाहरुलाई कुनै किसिमको द्विविधाबाट बाहिर ल्याउनुपर्ने दबाब थियो । जहाँ भएपनि उनीहरुलाई सुरक्षित, सम्पन्न र खानाको आवश्यकता पूरा गर्नु मेरो कर्तव्य थियो ।मलाई होटलमा बस्न मन नलाग्नुको कारण आफूलाई धेरै स्थानमा घुमिरहनु हो जस्तो लाग्छ । भ्रमणको क्रममा मैले धेरै स्थानमा बसेको छु । धेरै स्थानमा घुमिरहने भएकोले मैले कति स्थानमा घुमेँ भन्ने पनि भुलिसकेँ । मेरो जन्म भारतमा भएको हो। त्यसपछि म बेलायत, साउदी अरेयिबा, न्युयोर्कमा काम गरेँ । त्यसपछि मैले पुराना कपडा घरघरबाट उठाउने काम पाएँ । यो समयमा मेरो पढाइ पनि चल्दै थियो । त्यसका साथै थप समय मैले इटाली र अहिले लस एन्जल्सको पाँच स्थानमा यो काम गर्दै आएको छु ।मैले यस किसिमको कामका लागि उल्लेख्य समय ओभरटाइम काम पनि गरेको छु। होटलहरु मलाई बसोवासका लागि स्थायी बसोवासका लागि उपयुक्त हुँदैन जस्तो लाग्छ । त्यसका साथै होटलमा बस्नु चिन्ताजनक हुन्छ । अहिले मेरा दुई सन्तान छन् । उनीहरु मसँग निकै जोडिएका छन् ।

मेरो पछिल्लो भ्रमणले भने मलाई मेरो कुनै आवास छैन । तर, म घरमा नै बस्छु भन्ने कुराको महशुस गराइदिएको छ । मैले विभिन्न स्थानमा बस्नका लागि संघर्ष गरिरहेको भए पनि अझै पनि कश्मीर संकटको क्रममा मैले गुमाएको घरको विषयमा सोचिरहेको छु । म एक हिन्दूको रुपमा कश्मीरमा जन्मिएको हुँ । हजारौं वर्षदेखि मेरा सबै परिवार हिन्दू थिए ।मेरा अभिभावकहरु सबै कामको अवसरको लागि सन् १९८० को दशकमा विदेश जानुभयो । उनीहरु पैसा जम्मा गरेर श्रीनगरमा घर बनाउन चाहन्थे । हामीले वर्षमा चारदेखि पाँच महीना कश्मीरमा बिताउँथ्यौं । मेरो जन्म पनि श्रीनगरको केन्द्रका हब्बा कदालमा भएको हो । त्यहाँ धेरै काठले बनाइएका घर छन् भने निकै साना गल्लीहरु छन् ।

मेरा अभिभावकले पछि नातिपोरा क्षेत्रमा नयाँ घर बनाउनुभएको थियो । त्यतिबेला कश्मीरको हावापानी निकै लोभलाग्दो थियो । त्यतिबेलाको अवस्था हेर्दा ती घरमा सकेसम्म छिटै फर्किन पाए हुन्थ्यो भन्नेमा हामी निकै उत्साहित थियौं । तर, समयसँगै त्यहाँको अवस्था पनि बदलियो । त्यतिबेला म घरको आठ नातिनातिना मध्येको सबैभन्दा जेठो थिएँ । त्यतिबेलाको मेरो घर कस्तो थियो भन्ने कुरा म नक्सामा पनि उतार्न सक्छु । मेरो दुवै घरको नक्सा मलाई राम्रोसँग थाहा छ । घरको माथिल्लो तलामा चढ्नका लागि गुप्त सुरुङ थियो । म घरका ठूला पर्दाले आफूलाई बेरेर बस्ने गथेँ ।साँझको समयमा मलाई सधैं मेरी आमाले अबेरसम्म नखेल्न सचेत गराउनुहुन्थ्यो । (माट्टू लेखिका तथा फिल्म निर्माता हुन्।)

Author Since: Dec 06, 2019

Related Post