कोरियाको आधा जनसंख्या राजधानी तथा आसपासका क्षेत्रमा मात्र ,ख्यङ्गिदोमा सबैभन्दा धेरै
- by siddhartha@post
- 1 year ago
- 0 comments

किशन गौतम /कोरिया ,कोरियामा देशको आधी भन्दा धेरै जनसंख्या राजधानी तथा यसका आसपासका क्षेत्रहरुमा मात्रै रहेको एक तथ्यांकले देखाएको छ ।कोरिया तथ्यांक तथा सुचना विभागले प्रकाशित गरेको एक रिपोर्ट अनुसार राजधानी सियोल , ख्यांङ्गिदो तथा इन्छन क्षेत्रमा मात्र बसोबास गर्ने कोरियनको संख्या ५० .००१ प्रतिशत पुगेको छ।
यद्यपी राजधानी सियोलको जनसंख्या भने घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ ।सन् २०१९ सम्म ख्यांङ्गिदो क्षेत्रको जनसंख्या सबैभन्दा धेरै १३ .२४ मिलियन रहेको छ ।त्यस्तै इन्छन क्षेत्रको जनसंख्या करिब ३ मिलियन छ भने सियोलको जनसंख्या ९.७२ मिलियन रहेको छ ।सन् २०७० सम्म यी क्षेत्रमा २८.७ प्रतिशत जनसंख्या रहेको यी क्षेत्रमा सन् सन् २०१० सम्म आइपुग्दा ४९ .२ प्रतिशत पुगेको थियो भने हाल यो क्षेत्रको जनसंख्याले ५० प्रतिशत नाघिसकेको तथ्यांक विभागको रिपोर्टमा उल्लेख छ ।
नागरिक समाजले यी क्षेत्रहरुमा मात्र बढिरहेको जनघनत्वलाई कम गर्न सरकारले कुनै कदम नाचालेको आरोप लगाउदै आएको छ । देशको ११.८ प्रतिशत भूभाग ओगटेका यी क्षेत्रमा मात्र ५० प्रतिशत भन्दा धेरै जनसंख्या हुनु देशको लागि राम्रो संकेत नभएको भन्दै नागरिक समाजले राजधानी केन्द्रित श्रोत र साधनलाई नीति बनाएर विकेन्द्रीकरण गर्नुपर्ने माग समेत गरेको छ ।