कोरिया खबर

चीनमा देखिएको खतरनाक रहस्यमयी निमोनिया भाईरस कोरियामा पनि देखा पर्यो,उच्च शतर्कता अपनाईदै !

गुरुदत्त न्यौपाने / सउल ,

एयरपोर्टमा उच्च शतर्कताका साथ चेकिङ गरिदै/ फोटो स्रोत: कोरिया टाईम्स

हालसालै चिनिया सहर युआन को भ्रमण गरेर कोरिया फर्किएकी चाईनिज महिला लाई मध्य चिनको बिभिन्न सहरमा दर्जनौँ मान्छेहरु संङ्क्रमण भएको रहस्यमय खतरनाक निमोनिया भाईरस संक्रमित भएको पुस्टी भएसंगै दक्षिण कोरियामा उच्च शतर्कता अपनाईएको छ।गत डिसेम्बर १३ देखी १७ तारिखसम्म चिनको युआन सहरको भ्रमणमा गएर फर्के लगत्तै बिरामी परेकी ३६ बर्षिय उनलाई आज बुधबार सउल रास्ट्रिय विश्वविद्यालय बुन्दाङ अस्पतालमा बिशेष निगरानीका साथ उपचार गरिएको छ।

कोरिया सेन्टर अफ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ( KCDC) का अनुसार संङ्क्रमित उनी महिला डिसेम्बर १३ देखी १७ तारिखसम्म गएर फर्किएपछी पुन डिसेम्बर २६ देखी ३० सम्म बिजनेस यात्रा गरेकी थिईन।चिनमा ५९ जना निमोनिया संङ्क्रमित भएका छन।आईतबार त्यहाँको सहरी स्वास्थ्य केन्द्रले बताएअनुसार उनिहरुलाई छुट्टै तरिकाले बिशेष निगरानीका साथ उपचार गरिएको छ।जसमा ७ जनाको अबस्था गम्भिर रहेको छ।

निमोनिया भाईरस को कारण पहिचान अझैसम्म पनि हुन सकेको छैन।यो निमोनियाका लक्षणहरु उच्च ज्वरो,स्वासप्रस्वासमा बाधा, छातीको एक्सरे बाट देखाऊने फोक्सोको दाग जस्ता रहेका छन।यो अबस्थालाई विश्व स्वास्थ्य संगठन ( WHO) ले प्रत्यक्ष नियालीरहेको छ।

कोरिया सेन्टर अफ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ( KCDC) ले बताएअनुसार ति चिनिया महिला डिसेम्बर ३१ मा कोरिया छिरेकी थिईन।कोरिया आए लगत्तै उनले खोकी,रुघा,टन्सिलाईटिस र फोक्सोको जलन भएको भन्दै अस्पताल गएकी थिईन।केसिडिसीका अनुसार यो भाईरस कुनै जनावरबाट सरेको जस्तो देखिन्छ।प्रारम्भिक अध्ययनअनुसार उक्त रहस्यमयी निमोनिया भाईरस मानिस मानिस बिच नसर्ने देखिएको छ तर एकिनका साथ अझैपनी भन्न सकिएको छैन।

दक्षिण कोरियाले कोरिया भित्रने यात्रुहरुलाई बिशेष निगरानीका साथ अध्यागमनमा कडाई गरेको छ।बिशेषगरी भाईरस प्रभावित चिनको युआन प्रान्त र बुआनबाट आउने नियमित उडानहरुलाई बिशेष निगरानी राखेको छ।कोरिया भित्रने यात्रुलाई अध्यागमनमा स्वचालित तापमापन यन्त्रले स्क्यान गरेको छ भने आउदा अध्यागमनमा स्वास्थ्य फाराम भरेर बुझाउनुपर्ने ब्यबस्था लागू गरेको छ।चिनको सङ्क्रमित उक्त प्रान्तबाट ईन्छनसम्म हप्तामा आठवटा प्रत्यक्ष उडान रहेको छ।

Author Since: Dec 06, 2019

Related Post