बिचार/ब्लग

सन्दर्भ पर्यटन वर्ष २०२० र यसको प्रचारप्रसारको औचित्य

पर्यटन वर्ष २०२० सफल पार्ने भन्दै कोरियामा दुई चारवर्षदेखि बर्सेनि बन्द हलमा नेपाली २०-३० कलाकारका नाममा कार्यक्रम भएका हुने गरेका यहाँहरु सबैलाई छर्लङ्गै छ। जहाँ नेपाली बाहेक कोही पनि विदेशी हलमा हुंदैन। जहाँ दर्शकभन्दा कलाकार बढी हुन्छन् । त्यो संगै कोरिया लगायत विभिन्न देशमा पर्यटक भित्र्याउने नाममा ठूल ठूला होटेलहरुमा कार्यक्रम राखिन्छ ।

यस्ता यस्तै नेपाल सरकार र सम्बन्धित देशका दूतावासहरुले पर्यटन वर्ष सफल पार्न भनी सम्बन्धित मन्त्री, कर्मचारीलाई बोलाएर कार्यक्रम गर्ने सिलसिलामा माननीय मन्त्री योगेश भट्टराई अष्ट्रेलियामा दूतावासको कार्यक्रममा पुग्नु भएको थियो। साउथ एसिया डट कम लगायतका मिडियामा अनुमति बिना नै कार्यक्रम गरिएकोले स्थानीय प्रहरी प्रशासनद्वारा चेतावनी दिईयो भन्ने अंग्रेजी सामाचार आएसंगै मन्त्रीज्यूद्वारा आफ्नो फेसबुक मार्फत सामाचारमा सत्यता छैन कार्यक्रम सभ्य, भव्यताका साथ सु सम्पन्न भयो समाचारको नियत ठीक छैन भन्ने आशयको स्टाटश देखिन्छ ।

जे जस्तो भएपनि माननीय योगेश भट्टराईलाई दलगतरुपमा हेरेर भन्नू भन्दापनि उहाँ नेपाल सरकारको प्रतिनिधिका हैसियतमा अष्ट्रेलिया पुग्नु भएको हो। पहिलो कुरा मन्त्रीज्यूले हेक्का राख्नु सक्नु पर्थ्यो अष्ट्रेलिया राष्ट्रिय विपत्तिमा छ । आगलागीले अपूरणीय क्षति भएर सक्ने देशले सहयोग र नसकेका देशले प्राथना गरिरहेका छन् । यो मानवीय धर्म हो स्वभाव हो। कार्यक्रमको मिति पहिल्यै तय भएको भएतापनि यो संकटमा कार्यक्रम स्थगित गर्नु पर्थ्यो। अष्ट्रेलिया शोक र उद्दार कार्यमा रहेका बेला नेपालको भ्रमण वर्षको के चिन्ता के चासो त्यहांको सरकार र नागरिकलाई ? कम्तीमा हामीले मानवीय संवेदनशीलताको ख्याल गर्नु पर्छ भन्ने कुरो हो। साच्चिकै त्यहाँका नागरिकले कसरी लिएका होइन हाम्रो देशको प्रचारप्रसारलाई ?

१२ बैशाख २०७२ को भूकम्प ताका हाम्रो देशमा कोही राष्ट्र यस्तै पर्यटन वर्षको प्रचारप्रसार गर्न दलबल सहित आएको भए हामी के भन्थ्यौ वा के गर्थ्यौ होला? विविध प्रश्नको संगालो मतिष्कमा खेल्न थाल्छ ।
मेरो भोगाइ अनुभव र आंखाले देखेको भन्नू पर्दा यस्ता खाले प्रचारप्रसारले विदेशी पर्यटक आउदैनन । नेपाल प्राकृतिक सौन्दर्य मूलुक हो भन्ने जहाँ नेपाली छन् त्यो देशका नागरिकलाई राम्ररी थाहा छ। विज्ञान र अत्याधुनिक प्रविधि संचारका आधुनिक साधन रेडियो, टिभी, ईन्टरनेट आदिले क्षण भरमै विश्व बुझ्न सकिन्छ । जबसम्म नेपालमा उचित किसिमको शान्ति, सुरक्षा, उचित एयरपोर्ट, सार्वजनिक शौचालय, राम्रा सडक, धुवा, धुलो मुक्त नेपाल पर्यटकलाई नठग्ने नलुट्ने चिन्तन व्यवस्था लगायत समग्रमा भन्नू पर्दा समृद्धि विकाससंगै सबै कुराको निकास हुंदैन तबसम्म प्रत्येक विदेशीको घरदैलो कार्यक्रम गरेपनि राम्रा पैसा भएका सौखिन पर्यटक नेपाल आउदैनन।

पर्यटकका लागि गरिएका लगानी वाला कार्यक्रम त केवल गोजी भर्नका लागि मात्र हुन, यस्ता कार्यक्रम गर्नु बालुवामा पानी खन्याए बराबर हुन। यो भन्दा बरु विश्वका सिएनएन जस्ता ठूल्ठूला मिडियामा नेपालको राम्रो ठाउँको प्रचारप्रसार गर्दा उपयुक्त हुन्छ होला कि ?कोरियामा पनि नेपाल चिनाउने पर्यटक भित्र्याउने नाममा नेपाली श्रमिकहरुले बुद्धको प्रतिमा कोरियाजस्ता धनी गुम्बाहरुलाई दाइजो दिएर त्यो पनि बुद्धजस्तो भगवानका नाममा घोटाला भएका समाचार आईरहेका छन् । यसमा सत्यता हो होइन मैले राम्ररी अनुसन्धान गरेको छैन। तर मैले राम्ररी अनुसन्धान गरेको र भनेको कुरा नेपाल चिनाउने नाममा अवैधानिक वसेकाहरुले नेतृत्व गर्छन।

जसलाई उसको देशमा बस्ने कानुनी बाटो नै हुंदैन, जबर्जस्ती बस्छन् अनि कोरियाले समातेर देश निकाला गर्छ त्यसपछि राम्ररी चिनाउछन होला नेपाललाई । यो नेपाल चिनाएको कि बेईज्जत गराएको ? नेपाल र नेपालीलाई धेरै चिनाउनु जरुरी छैन नचिनेर कोरिया र नेपालबिच ईपिस लागू नभएको होला । यस्तै विश्वका विकसित मुलुकमा नेपाल चिनाईरहनु पर्दैन सबैले आफैं गुगल सर्च गर्दै चिनाउने वातावरण बनाउन जरुरी छ । यसको लागि आधुनिक प्रविधिसंगै देशका शत्रुहरु गरिबी,अशिक्षा,रुढीबादी प्रथा, बेरोजगारी, भ्रष्टाचारको निर्मुल पार्दै विकासमा आमूल परिवर्तन हुनु जरुरी छ।जितेन्द्र महता,जन संपर्क समिति द कोरिया,उप-सभापति तथा महाधिवेशन प्रतिनिधि

Author Since: Dec 06, 2019

Related Post