कोरियामा महिलालाई पुरुषको तुलनामा ४० प्रतिशत कम तलब
- by siddhartha@post
- 1 year ago
- 0 comments

किशन गौतम ,कोरियामा समान कामको लागि महिलालाई कम तलब दिइने गरेको सरकारी तथ्यांक सार्बजनिक भएको छ ।न्युन आमदानी भएका प्रत्येक १० महिला मध्ये ३ जना महिलाहरुमा गरिएको एक अध्यन अनुसार पुरुषको तुलनामा उनीहरुको मासिक आय ३७ प्रतिशत कम देखिएको छ ।सियोल महानगरपालिका द्वारा संचालित लैंगिक समानता सम्बन्धि एक संस्थाले तयार पारेको रिपोर्ट अनुसार
सियोल नगर भित्र ५४ प्रतिशत मात्र महिलाहरु श्रम बजारमा प्रवेश गरेका छन् भने ७१ प्रतिशत भन्दा धेरै पुरुष रोजगार छन् । सन् २०१८ को तथ्यांकअनुसार राजधानी सियोलमा महिलाको औसत आमदानी २१ लाख कोरियन वन छ भने पुरुषको औसत आमदानी ३४ लाख वोन भन्दा माथि छ । त्यस्तै देश भरकै औसत आयलाइ लिने हो भने मध्यम बर्गीय दुइ तिहाइ महिलाको आमदानी १४ लाख ७० हजार मात्र हुन् आउछन ।
त्यस्तै पार्ट टाइम रोजगारमा पनि महिलाको संख्या बढी छ l ४१ प्रतिशत माहिला पार्ट टाइम रोजगार छन् भने पार्ट टाइम रोजगार पुरुषको संख्या २७.३ प्रतिशत मात्र छ ।महिला र पुरुष बिचको अमदानीको भिन्नता सबैभन्दा धेरै स्वास्थ्य तथा सेवा क्षेत्रमा ४९ प्रतिशत सम्म छ भने सबैभन्दा कम बातावरण क्षेत्रमा १ प्रतिशत मात्र छ ।त्यसैगरी बिधुतिय औधोगिक क्षेत्रमा ४७ प्रतिशत छ भने , वित्तीय क्षेत्र , प्रशासनिक , उत्पादनमुलक क्षेत्र आदिमा ४३ प्रतिशत सम्म आमदानीको भिन्नता रहेको रिपोर्टमा उल्लेख छ ।
त्यसैगरी कोरिया बसोवास गर्दै आएका विदेशी नागरिक मध्ये ५०.३ प्रतिशत महिला तथा ७०.१ प्रतिशत पुरुष श्रम बजारमा प्रवेश गरेका छन् ।जसमध्ये धेरैजसो महिला सेवा क्षेत्रमा छन् भने पुरुष औधोगिक क्षेत्रमा छन् ।हेल्लो नेपाल कोरिया डटकम बाट