कोरिया खबर

भ्रमण वर्षको प्रचारका लागि कोरियामा तयारी पूरा !

काठमाडौं ।नेपाल भ्रमण बर्ष २०२० को अपौचारिक सुरुवात तथा सांस्कृतिक प्रवर्धन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको NRNA कोरियाले जानकारी गराएको छ ।भ्रमण वर्षको अपौचारिक सुरुवात गर्ने उदेश्यका साथ नेपाली राजदुतवास सौल र (गैर-आवासीय नेपाली संघ) NRNAको सहकार्यमा, भोलि जनवरी ११ तारिक साझ सौलको परिचित पर्यटकीय क्षेत्र होंगिक university स्टेशनमा

नेपाली सांस्कृतिक प्रवर्धन र फोटो प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा नेपाली पन्चे बाजा , लिम्बु बाजा, मगर ड्रेस मा नाच, गुरुंङ्ग ड्रेस मा नाच, तामाङ सेलो लगाएत सांस्कृतिक पहिचान झल्काउने खालको प्रस्तुती हुने र उपस्थितले भिजिट नेपालको टोपी र टी शर्ट प्रयोग गर्ने भनिएको छ । नेपाली दूतावास सौल, NRNA लगाएको आयोजनामा हुने कार्यक्रममा सम्पूर्ण कोरियावासी नेपाली दाजु भाई तथा दिदि बाहिनीहरुमा उपस्थित भै सहयोग गर्दिनु हुन पनि NRNA कोरियाले हार्दिक अनुरोध गरेको छ ।

मिति: २०२० जनवरी ११ तारिक शनिबार साझ ६: ०० बजे देखि ८:०० बजे सम्म
स्थान: HONGIK UNIVERSITY STATION , EXIT No 9 -8

Author Since: Dec 06, 2019

Related Post