कोरियामा खतरनाक धुलोको कण ( 미세먼지) देखा पर्दै,शतर्क रहन सुझाब !
- by siddhartha@post
- 1 year ago
- 0 comments

गुरुदत्त न्यौपाने / सउल,

दक्षिण कोरियाको वायुमन्डलमा भोली बिहान खतरनाक धुलोका मसिना कण (मिसेमन्जी) देखा पर्ने अनुमान गरिएको छ।बढदो सहरीकरण,वायु प्रदुषणका कारण शुक्ष्म धुलोका कणले भोली कोरियाको वायुमन्डललाई ढाक्ने अनुमान गरिएको छ।चीनबाट आएको उक्त कणले कोरियाको भिजिविलीटीलाई प्रत्यक्ष प्रभाव पार्ने भएसंगै ड्राईभिङ्ग गर्नेहरुलाई उच्च शतर्कता अपनाउन सुझाईएको छ।
कोरिया मेट्रोलोजिकल एडमिनिस्ट्रेसन ले बताएअनुसार भोलीको कोरियाको बायुमन्डल मिसेमन्जीले ढाक्ने छ।धुलोका शुक्षम कण (मिसेमन्जी) मानव शरीरलाई अत्यधिक खतरनाक भएको एक अध्ययनले प्रमाणित गरेको छ ।यसले बिशेषगरी स्वासप्रस्वास संग सम्बन्धित रोग निम्त्याउने हुँदा बाहीर निस्कदा मास्कको प्रयोग गर्न सुझाईएको छ।
भोली मिसेमन्जीको मात्रा अत्यधिक हुने भएसंगै कोरियामा रहेका lG U PLUS,kt र sk टेलिकमले आफ्ना ग्राहकहरुलाई ईमरजेन्सी एलर्ट पठाएको छ।म्यासेज मार्फत पठाईएको ईमरजेन्सी एलर्टमा भनिएको छ कि” भोली बिहान ६~९ वजेसम्म सउल,ईन्छन,ख्यङ्गीदो र छुङछङबोक्दो मा मिसेमन्जी अत्यधिक देखा पर्नेछ।सकभर बाहीर नहिडौँ,हिडनै परेमा सार्वजनिक यातायात प्रयोग गरौँ,मास्कको प्रयोग गरेर मात्र बाहीर निस्कौँ” भनेर एलर्ट जारी गरेको छ।
