बिद्युतीय बस सञ्चालन भएपछि नौ अर्ब भन्दा बढी बचत हुन्छ :-महावीर पुन(राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष)
- by siddhartha@post
- 1 year ago
- 0 comments

बिद्युतीय बस सञ्चालन भएपछि इन्धन आयातका लागि बाहिरिने नौ अर्ब बयालिस करोड रुपैयाँ बचत हुने पुनले बताएका छन् । सुन्दर यातायातको विद्युतीय बस उद्घाटन समारोहमा बोल्दै पुनले विद्युतीय गाडी सञ्चालनमा आए नौ अर्बले व्यापार घाटा कम हुने बताएका हुन् ।उनले विद्युतीय गाडीले एक दिनमा एक मेगावाट बिजुली खपत गर्दा २३ सय लिटर डिजल र २४ सय लिटर पेट्रोल बच्ने बताए ।
आफूले निकालेको अल राउन्ड फिगर कार्यक्रम प्रस्तुत गर्दै उनले नेपालमा उत्पादन गरिने ऊर्जा विद्युतीय सवारीका क्षेत्रमा उपयोग गर्न सकिने विचार व्यक्त गरेका हुन् । उनका अनुसार सय मेगावाट मात्र बिजुली खपत गर्दा दैनिक आठ करोड ७६ हजारको पेट्रोल र आठ करोड ४० लाख रुपैयाँको डिजल बच्ने छ ।
‘यसरी हिसाब गर्दा हामीले पेट्रोलबाट वार्षिक चार अर्ब ८१ करोड रुपैयाँ र डिजलबाट चार अर्ब ६१ करोड रुपैयाँ बचाउन सक्छौं,’ उनले भने । रातभरि सामान्य इन्जिन वा गाडी चलाउँदा चार हजारको डिजल खर्च हुने, तर विद्युतीय गाडी चलाउँदा सात सयको मात्र बिजुली खर्च हुने भन्दै उनले सरकारी निकायलाई छलकपट नगरी विद्युतीय सवारीका लागि प्रोत्साहनको नीति अपनाउन आह्वान गरे ।