कोरिया खबर
कोरियामा पेट तथा छाला सम्बन्धी समस्याले ग्रसित हुनुहुन्छ? नि:शुल्क उपचार गर्नुहोस !
- by siddhartha@post
- 1 year ago
- 0 comments

गुरुदत्त न्यौपाने / कोरिया ,
कोरियाामा रहेका विदेशी नागरिक तथा बिशेषगरी E9 भिषामा कोरियामा रहेका विदेशी कामदारहरुलाई लक्षित गरी भोली जनवरी १२ तारिख मा छनान विेदेशी परामर्श केन्द्रमा निशुल्क उपचार हुने भएको छ ।कोरियामा छाला तथा पेट सम्बन्धी समस्याबाट ग्रसित बिरामीलाई निशुल्क उपचार सुबिधा दिने उद्देश्यले उक्त स्वास्थ शिबिर आयोजना गरिएको परामर्श केन्द्रले जनाएको छ।
दान्गुक युनिभर्सिटी हस्पिटल चिकित्सा बिभागद्वारा दिईने उक्त शिबिरमा बिशेषगरी ईन्टरनल पेट तथा छाला सम्बन्धी जुनसुकै समस्या भएका ब्याक्ती तथा जनरल जुनसुकै समस्या भएका हरुले लाभ लिनसक्ने जनाईएको छ।
शिबिर हुने स्थान बिबरण :
मिती : जनवरी १२ तारिख आईतबार दिउसो २~४ बजेसम्म
स्थान : 천안외국인노동자 지원센터 (천안시 서북구 성정공원5로 21 ( 스카이B/D 4층)
सम्पर्क नम्बर : 041- 411-7026