News

जापानको साईतामामा नेपाली युवाको मृत्यु, हप्तादिन बिचमा तीन जना नेपालीले ज्यान गुमाए

टोकियो, जापान ।

जापानको साईतामा केनमा बस्दै आएका एक नेपाली युवाको मृत्यु भएको छ ।मृत्यु भएका युवाको घर नेपाल नवलपुर जिल्ला गैंडाकोट भएको बुझिएको छ ।कुक भिषा स्किल लेभर वर्कर को रुपमा जापानमा काम गर्दै आएका उनी गतबर्षमात्र जापान आएको पाईएको छ ।पछिल्लो समय सिन्जुकुमा काम गर्दै आएका उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् ।

बुधवार काममा बिदा रहेको उनले त्यसैदिन ज्यान फालेको तर बिहिबार उनी कसैको सम्पर्कमा नआएपछि कोठामा हेर्दा उनलाई मृत भेटिएको थियो ।हाल परिचय नखुलाईएका उनी झुण्डिएको अवस्थामा मृत भेटिएको र प्रहरीले समेत आफैंले ज्यान लिएको रिपोर्ट दिएको सँगै काम गर्दै आएका साथीहरुले बताएका छन् ।

अविवाहित उनले आफैंले ज्यान लिनुको कारण खुल्न सकेको छैन । हाल नेपालमा उनको परिवारलाई यसबारेमा जानकारी गराउन लागिएको नजिकका एक आफन्तले जापानसमाचार डटकमलाई जानकारी दिनुभयो ।हप्तादिन यता पोखराका बिकल थापा र बाग्लुगं जिल्ला घर भएका टेकचन चालिसेको असामयिक अवस्थामा निधन भएको थियो ।

Author Since: Dec 06, 2019

Related Post