कोरिया खबर

मेडिकलमा ढिलाई हुदा के छ असर ?

उत्तम खड्का ।। रोजगार अनुमती प्रणाली (इपिएस) अन्तर्गत दोश्रो चरणको सीप परिक्षामा उत्तीर्ण परिक्षार्थीहरुको मेडिकल प्रक्रिया अझै सुरु भएको छैन । मेडिकल प्रक्रिया र रोजगार आवेदन फारम भर्न ढिलाई हुदा सन् २०२० को पहिलो लटमा पर्नबाट बन्चित भएका हुन् । पहिलो लटको इस्यु प्रक्रिया आगामी फेब्रुअरी पहिलो साता भएता पनि रोजगारदाताले भने जनवरी २ तारिख देखि १६ तारिखसम्म छनौट गर्ने कार्यतालिका छ ।

के छ बेफाइदा मेडिकल प्रक्रिया ढिला हुदा :

मेडिकल प्रक्रिया ढिला हुदा पहिलो लटमा पर्न सक्ने संभावनाबाट बन्चित हुनु नै पहिलो बेफाइदा हो । त्यस्तै मेडिकल ढिला हुँदा Job Application फारम भर्न ढिला हुने र Send, Approval प्रक्रिया समेत स्वत ढिला हुन्छ फलस्वरूप कोरियाली रोजगारदातासामु हाम्रो नाम रोजाइका निम्ति समेत ढिलो पुग्छ । त्यसकारण कोरिया जाने संभावना समेत ढिलो हुन्छ ।

के छ फाइदा मेडिकल प्रक्रिया ढिला हुदा :

यतिबेला योग्य सुची अर्थात रोस्टरमा सन् २०१७/१८ मा पास भएकाहरु अझै छन् । सन् २०१९ मा पास भएकाहरु इस्यु प्रक्रियामा पर्न नसक्ने हुदा उनीहरुको मध्यबाट नै issue हुन्छ । ऊनीहरु पास भएर पनि कोरिया जानेबाट बन्चित हुदैनन् । यसोहुदा पुराना पासरहरुलाई राहत मिन्छ । २०१७ मा पास भएर LC को पर्खाइमा बसेर पनि कोरिया जान नपाउनु ठुलो दुर्भाग्य हो । ढिला भएपछि कोरिया जान सबैजना अवस्य पाउनुपर्छ ।

रोस्टर म्याद दुईबर्ष मात्रै भएको हुदा नयाँ पास भएकाहरुलाई समेत फाइदा छ । सन् २०२० को पहिलो लट नभेटेपनि सन् २०२१ को पहिलो लट अवस्य भेट्छ । वर्षमा हुने चारवटा लट गरि दुई बर्षमा आठवटा लट सबैले भेट्छ्न । यति हो ढिलो कोरिया गइन्छ तर अवस्य गइन्छ । अर्को तर्फ रोस्टरमा नाम चडेपछी तपाइको दुईबर्षे काउनडाउन सुरु हुन्छ । पुराना पासरलाई कोरियाले प्राथमिकता दिएमा नयाँ पासरको रोस्टर म्याद त्यतिकै खेर जान्छ । बिगतमा हेर्दा पुराना पासरलाई प्राथमिकता दिएको पाइन्छ । रोस्टरमा Approval भएर Issue पर्खिनु र मेडिकल ढिला हुनुमा केहि फरक छैन ।

मेडिकल सम्बन्धि विगतका अभ्यास:

बिगतका बर्षमा अन्तिम नतिजा प्रकाशन भएको एक महीना भित्र मेडिकल सम्बन्धि सुचना आएको पाइएको छैन । गतसाल सन् २०१८ मा असार १३ गते अन्तिम नतिजा प्रकाशन भयो भने मेडिकलको सूचना साउन १७ गते प्रकाशित भएको थियो । त्यस्तै सन् २०१७ मा भने झन असारको दोस्रो साता नतिजा प्रकाशित भएपनी मेडिकल भने ४ महिना पछि मंसिरमा मात्रै भएको थियोे ।

सूचना आएको कतिदिनमा मेडिकल हुन्छ:

विगतको बर्षमा हेर्दा मेडिकल notice आएको दुईसातामा मेडिकल परिक्षण हुने अभ्यास देखिन्छ । गतसालको कुरा गर्दा मेडिकल सुचना आएको दुई साता पछि मात्रै मेडिकल भएको थियो । साउन १७ गते मेडिकल सम्बन्धि सूचना आएपनि मेडिकल भदौ ४ गतेदेखि सातदिन चलेको थियोे । साथै मेडिकल र Job Application फारम भर्ने कार्य सूचना प्रकाशन भएको मितिले एक महिना भित्र गरिसक्ने अभ्यास छ । त्यसकारण विगतको बर्षलाई समिक्षा गर्दा यसपटक पनि माघ पहिलो साता मेडिकल notice आएर माघ अन्तिमसम्म सम्पुर्ण प्रक्रिया सकिने प्रवल संभावना देखिन्छ ।

Author Since: Dec 06, 2019

Related Post