बिचार/ब्लग

ज्याक माका सफलताका १० सुत्र

अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एक समय एसियाका सबैभन्दा धनी व्यक्ति बनेका थिए । उनले ‘वाण्डा ग्प’का रुवाङ्ग जियानलिनलाई पछि पारे । ब्लूमबर्गको इण्डेक्स अनुसार ज्याकको सम्पत्ति २३ बिलियन डलर पुगेको छ ।जब चाइनामा पहिलो पटक KFC आएको थियो तब २४ जनाले नोकरीको लागि आवेदन दिएका थिए ।

त्यसमा २३ जना छानिए र एकजाना फालिए, त्यो फालिने व्यक्ति थिए ज्याक मा । उनी आर्मीमा भर्ति हुन पनि खोजे, तर ५ जनामा ४ जना छानिए, उनीमात्र बाहिरिए । कलेज पढन् गए, दश भन्दा बढी पटक आवेदन दिए, तर प्रत्येक पटक अस्व्किृत भए । र अन्तमा उनि २३ विलिएन डलर सहित एसियाका सबैभन्दा धनी व्यक्ति बन्न् सक्ने । के हो त उनको सफलताको सूत्र जसले उनलार्इ यहाँसम्म ल्याइ पुर्यायो ?

आउनुहोस , उनका केही यस्ता भनाइबारे जानकारी दिँदैछौं । जसलाई फलो गरेर जो कोही पनि सफलताको शिखरमा पुग्न सक्छ । यहाँ ज्याक माका १० भनाईहरु उल्लेख गरिएको छ । जुन उनको अनुभवमा आधारित छन् ।

१. सफलताका लागि धैर्यता निकै जरुरी छ ।

२. जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।

३. संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।

४. बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलतामा ।

५. जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ?

६. म जो हुँ उही रहन्छु । तब मलाई खुसी र सफलता मिल्छ । त्यसैले आफू जो हो उही बन्ने प्रयास गर्नुस्, न कि कसैको कपिक्याट ।

७. तपाईंलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमान्दार ।

८. कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ ।

९. यदि तपाईंले हार मान्नु भएन भने तपाईंको अघि अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।

१०. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।

Author Since: Dec 06, 2019

Related Post