कोरिया खबर

कोरियन नागरिकको हरायको सामान ट्राफिक प्रहरीले भेटाईदिएपछी कोरियामा नेपाल प्रहरीको प्रशँशा !

काठमाँड़ौ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक बिदेशी नागरिकको हराएको सामान तत्कालै फेलापारिदिएको भन्दै कोरियामा समेत प्रचार प्रसार भएको छ ।गए राती ट्याक्सीमा ठमेलबाट सोह्रखुट्टे जाँदा सामान छुटेको भन्दै बिहान ६ बजे महाशाखामा कोरियन नागरिक जेमिन जोनले उजुरी दिएका थिए । महाशाखा प्रमुख एसएसपी भीम ढकालको सचिवालयका

प्रहरी निरिक्षक (ईन्सपेक्टर) जितेश दाहालले दिएको जानकारी अनुसार उजुरी पर्नासाथ तत्कालै खोजतलास शाखामा खबर गरेर खोजी प्रक्रिया अघि बढाईएको थियो । उजुरी परेको ३ घण्टा भित्रमा हराएको सामान फेला पारेर बिहान ९ बजे सम्बन्धितलाई हस्तान्तरण नै गरिएको छ । नगद ३ लाख ४५ हजार सहित ल्यापटप, ड्रोन क्यामरा, मेमरी कार्ड, एटीएम कार्ड लगायतका महत्वपूर्ण सामानहरु फेला पारिएको हो ।कोरियाका युट्युबरले आफ्नो सामान फेला पारेर ट्राफिक प्रहरीले हस्तान्तरण गरेको भिडियो लाईभ गरेका थिए ।

सो हेरेर कोरियन नागरिकहरुले नेपालको ट्राफिक प्रहरीलाई धन्यबाद दिएका छन् ।जोनले कोरिया गएपछि नेपाल घुम्नका लागि सुरक्षित छ भन्ने सन्देश फैलाउने बताएका छन् । उनले भ्रमण बर्ष २०२० मा घुम्नका लागि नेपाल अत्यन्तै सुरक्षित छ भन्ने प्रचार प्रसार गर्ने प्रतिबद्धता समेत जनाएको ईन्सपेक्टर दाहालले जानकारी दिए ।

Author Since: Dec 06, 2019

Related Post