नेपाल भ्रमण वर्षकाे प्रचार गर्न काेरियामा सांस्कृतिक कार्यक्रम
- by siddhartha@post
- 1 year ago
- 0 comments

साैल, दक्षिण काेरिया । नेपाल भ्रमण वर्ष २०२० को प्रचार-प्रसारको लागि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रम गरिएकाे छ ।नेपाल राजदुतावास दक्षिण कोरिया र एनआरएन दक्षिण कोरियाको आयोजनामा कोरियास्थित होङ्देको टुरिस्ट पार्कमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा नेपालका विभिन्न समुदायको सास्कृतिक झाँकी, नाच देखाउनुका साथै नेपाललाइ चिनाउने
विभिन्न पर्यटकीय क्षेत्र तथा स्थानहरुको फोटो प्रदर्शन गरिएको थियो । कार्यक्रममा कोरियाली सांगीतिक ब्याण्डले पनि प्रस्तुती राखेको थियो । कार्यक्रममा कार्यबहाक राजदुत रामसिंह थापाको प्रमुख आतिथ्यता रहेकाे थियाे र एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुबेदीकाे अध्यक्षता थियाे ।
कार्यबहाक राजदुत थापाले कोरियाली नागरिकलाइ नेपाल भ्रमण गर्नको लागि आह्वान गरिएको थियो । उक्त कार्यक्रममा थुप्रै नेपालीहरुको सहभागिता रहनुका साथै कोरियाली नागरिकहरुको पनि बाक्लो सहभागिता रहेको थियो ।