कोरियामा एकै दिन दुई नेपालीको मृत्यु, १ ले गरे आत्मह*त्या अर्कोको औधोगिक दुर्घटना परी मृ*त्यु:
- by siddhartha@post
- 1 year ago
- 0 comments

दक्षिण कोरियामा रोजगारीको लागि आएका दुइ जना नेपाली युवाको आइतबार छुट्टा छुट्टै घट*नामा ज्या*न गएको छ l
कोरियाको छल्लाबुक्दो स्थित एक बंगुर फार्ममा कार्यरत पाँचथरका बिबेक राइले झुन्डि*एर आत्मह*त्या गरेका हुन् l
संगै कार्यरत साथीसंग शनिवार साँझ खाना खाएर सुतेका राइ अर्को दीन आफु कार्यरत फर्म भित्रै भर्याङ्गमा डोरीको पासो लगाई झुण्डीएको अबस्थामा मृ*त फेला परेका थिए l राइलाइ बिहान कम्पनीमा नभेटिपछी संगैकार्यरत साथिले खोज्ने क्रममा उनि मृ*त भेटिएको बताइएको छ l
करिब २ बर्ष ६ महिना पहिला कोरिया आएका राइ अबिबाहित हुन् l उनले आफु बेला बेलामा मानसिक तना*वमा रहेको पनि बताउदै आएको उनका साथीले बताए l उनले मृ*त्यूको घट*नावारे दुतावासमा जानकारी आएको भएता पनि के कति कारणले आत्मह*त्या गरे सो वारेमा प्रहरीले थप अनुशन्धा*न गरिरहेको कोरिया स्थित नेपाली दुतावासले जनाएको छ l
त्यसैगरी आइतबार नै अर्का एक नेपाली युवाको कमपनीमा कामगर्ने शिलशिलामा दुर्घट*नामा परि मृ*त्यूँ भएको छ l रोजगारीको लागि कोरिया आएका तनहुका नर बहादुर रानाको कम्पनीमा ग्रहौ समान उचाल्न प्रयोग हुने छिकेछा मर्मत गर्ने क्रममा दुर्घट*नामा परि मृ*त्यूँ भएको संगै कार्यरत नेपालीले बताए l
संगै कार्यरत साथीहरुका अनुसार कोरियाको छुङ्छंङबुक्दो छेन्छु स्थित एक कम्पनीमा कार्यरत राना छिकेछामा हाइड्रोलिक तेलको पाइप कस्ने क्रममा पाइप फ़ुत्किएपछि माथि उचालिएको ग्रहौ समान सहित उनी किचिएका थिए l धेरै बेर सम्म पनि साथीहरुले नदेखेपछि खोज्दा उनलाई फलामको गह्रौ बक्सले च्यापिरहेको अबस्थामा फेला पारेका थिए l उनको घट*नास्थलमै ज्यान गएको बताइएको छ l हाल उनको कम्पनीमा ७ जना नेपाली कार्यरत छन् l अबिबाहित मृतक राना ४ बर्ष ४ महिना पहिला कोरिया आएका थिए l
दुवै घट*नाबारे सियोल स्थित नेपाली दुतावासमा जानकारी आएको बताउदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले मृत*कको श*व नेपाल पठाउन आबस्यक कानुनि प्रक्रिया अगाडी बढाईएको जानकारी गराउनु भयो l-हेल्लो कोरिया डटकमबाट