News

खुशीको खबर:- अब मासिक ९ हजार किस्तामा घर बनाउनुहोस्:

काठमाडौं । एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ । बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता रु ९,३६३ मात्रको होम लोन ल्याएको हो ।यस अभियानमा ग्राहकहरुले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण पाउँनेछन् ।

बैंकले सम्पूर्ण ग्राहकहरुलाई यस अभियानको लाभ उठाउँदै आफ्नौ घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गरेको छ । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ । कर्जा पाउनु भएन ? अर्थमन्त्रीलाई इमेल गर्नुहोस:- अर्थमन्त्री डा. युवराज खतिवडालेबैंकहरुले सहुलियतपूर्ण कर्जा दिन अटेर गरे सिधै आफुलाई ईमेल गर्न युवाहरुलाई अनुरोध गरेका छन । उनले सबै कागजात पूरा गरेर पनि कुनै बैंकले ऋण दिन आनाकानी गरे सिधै अर्थमन्त्रालयमा गुनासो गर्न आग्रह गरे ।युवा परिषद् र बैंकहरूको सयुक्त आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सहुलियतपूर्ण कर्जामा आधार दरको वरिपरि रहेर लगानी गर्न बैंकहरुलाई आग्रह गरेका छन ।

उनले सहुलियत कर्जाका लागी आफू साक्षी बसेकाले यो विषयमा खेलवाड नगर्न बैंकहरुलाई चेतावनी पनि दिएका छन । आफु साक्षी बस्न आएको बताउदै उने भने, ‘ कसैले ठगी ग¥यो भने साक्षीले पनि दायित्वबोध गर्नुपर्छ, त्यसैले साक्षीलाई अप्ठारो नपारीदिनुहोला ।’रोजगारी नै सामाजीक सुरक्षाको भरपर्दो आधार भएकोमा पनि उनले जोड दिएका छन । शिक्षा बढि ज्ञानमुखि भएकाले यूवाहरु स्वरोजगार हुन नसकेको भन्दै प्राविधीक शिक्षामा पनि जोड दिनुपर्ने उनले बताए ।विद्यालय शिक्षादेखि नै सिपलाई ज्ञानसंग जोडेर अघि बढ्न सके मात्रै वेरोजगारीको समस्यामा कमि आउने उनको ठहर छ । स्वरोजगारको कामलाई प्रोत्साहित गर्नका लागी दुई महत्वपूर्ण काम गर्न आवश्यक रहेको छ, उनले भने, ‘पहिलो विद्यालय शिक्षा देखि नै सिपको पाटाको विकास गर्न आश्यक छ साथै यूवाहरुमा जोखिम लिनसक्ने क्षमताको विकास गर्न जरुरत छ ।’

उनले युवाहरुको स्वरोजगारका लागी सरकार स्कुलस्तरबाटै व्यवसायिक सिप विकास र व्यवसायिक शिक्षाका कक्षाहरु सञ्चालित भएको र त्यसलाई अझै व्यबस्थति र प्रभावकारी बनाउन सरकारले लगानी गर्ने पनि बताए ।सोझै अनुदान दिने व्यवस्थाले काम नगरेको बताउदै उनले अब सरकारले सिधै अनुदान नदिई कृषि समाग्रीहरुमा अनुदान दिने पनि बताए । कर्जा प्रवाह गर्ने सँस्थाले अद्यमीको जोखिम बहन गर्ने क्षमताको विकास गर्न तालिम तथा परामर्श सेवा दिन पनि उनले आग्रह गरे ।युवाहरुले बैंक वा अरु कसैसँग सित्तैमा कर्जा लिनुभन्दा सहुलियत कर्जा लिएर उद्यमी हुन र बैंकले पनि आयमुलक क्षेत्रमा काम गर्न चाहने युवा उद्यमीहरुमा कर्जा प्रवाह गर्न उनले अनुरोध गरे । उनले बैंकहरुले कर्जा जसरी पनि उठाउने बताउदै सहुलियतपूर्ण कर्जा लिने युवा उद्यमीहरुलाई पनि कर्जाको सहि सदुपयोग गर्न आग्रह गरे ।कार्यक्रममा बोल्दै युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले उद्यमी युवाहरुलाई आबश्यक तालिममा सहकार्य तथा परामर्श युवा परिषदले दिने बताउदै बैंकले पनि प्राथमिकताको आधारमा सहुलियतपूर्ण ऋण दिनुपर्ने बताए ।

एनएमबी बैंकका कार्यकारी अधिकृत सुनिल केसीले सहुलियतपुर्ण कर्जा कार्यक्रममा सहभागी भई अरु बैंकभन्दा फरक रुपमा प्रस्तुत हुन चाहेको बताए । कार्यक्रममा बोल्दै कृषि विकास बैंकका कार्यकारी अध्यक्ष अनिल कुमार उपाध्यायले पहिले कार्यबिधी तथा नितीगत अन्योल रहे पनि अब त्यस्स्तो अबस्था नरहेको बताए । उनले बैंकहरुले सहुलियतपूर्ण कर्जा नदिने गुनासो सहि नभएको जिकीर पनि गरे ।त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले हालसम्म ६ हजार जनालाई ६ अर्ब ८१ करोड ६० लाख रूपैयाँ सहुलियतको कर्जा वितरण गरिसकेको जानकारी दिए । कार्यक्रममा एनएमबी बैंकका अध्यक्ष पवन गोन्याल, युवा परिषदका सचिव रामप्रसाद थपलिया लगायतले बोलेका थिए ।

Author Since: Dec 06, 2019

Related Post