News

बैदेशिक रोजगारमा जादा एक्लो अनुभव भएर पिडा भएपछी धोका:

डा. मीना उप्रेती,समाजशास्त्री, श्रीमान् वा श्रीमती दुईमध्ये एक विदेश गएका छन् भने यता बस्नेले धोका दिएर परिवार छिन्नभिन्न भएका उदाहरण धेरै देखिन थालेको छ । विदेश गएकी श्रीमतीले कमाएको पैसा यता अरु नै महिलासँग बसेर खर्च गर्ने, त्यसरी नै श्रीमान्ले कमाएको पैसा यता अरु नै पुरुषसँग बसेर खर्च गर्ने गरेको देखिन्छ ।यसरी धोका दिनु गलत त हुँदै हो तर यसको मनोसामाजिक कारण पनि छन् ।

२० देखि ४० उमेर समूहका युवा समूह रोजगारीका लागि विदेश गएका छन् । यो उमेर भनेको एकअर्काको एकदमै धेरै आवश्यकता पर्ने उमेर हो । त्यसमाथि विवाह गरेपछि जोडीका आ–आफ्ना इच्छा मनोकांक्षा हुन्छन् ।वैदेशिक रोजगारीमा जानेहरु प्रायः विवाहपछि जाने गरेको देखिन्छ । विवाहपछि सँगै बस्ने चाहना हुँदाहुँदै पनि आर्थिक कारणले श्रीमान्–श्रीमती छुट्टिएर बस्न नव विवाहित जोडी बाध्य हुन्छन् ।एकै ठाउँमा बस्नुपर्ने, शारीरिक तथा मानसिक आवश्यकता भएको बेलामा दुवै टाढा हुन पुग्छन् । यो दुवैका लागि पीडादायी क्षण हो ।

त्यसमाथि हाम्रो समाजमा मागी विवाह गर्ने संस्कार भएकाले एकले अर्कालाई राम्रोसँग बुझ्न पनि नपाई छुट्टिनु पर्दा सम्बन्धमा दरार आउँछ ।मानसिक र शारीरिक रुपमा उमेरले नै एकअर्काको आवश्यकता हुने बेलामा छुट्टिएर बसेका धेरैजसो जोडीले सम्बन्ध विच्छेद गर्ने र एकअर्काको हत्या गर्नसमेत पछि नपर्ने भइसकेको छ ।पछिल्लो रिपोर्ट हेर्दा सम्बन्ध विच्छेद हुनुको प्रमुख कारण आर्थिक कारण कम र साथ बढी खोजेको पाइन्छ । कुनै जोडीलाई विवाह गरेपछि छुटाउन हुँदैन ।

मनोवैज्ञानिक कारण :– विदेशमा गएपछि सम्बन्ध विच्छेद उच्च हुनुको मनोवैज्ञानिक कारण एक्लोपनको महसुस बढ्नु पनि हो । जोडी नहुँदा सामाजिक र मनोवैज्ञानिक रुपमै नजिकको मान्छे, सहयोगी मान्छे खोजिरहेको हुन्छ । अर्काे पाटो भनेको विवाह गरेर गइसकेपछि नयाँ ठाउँमा केटी एक्ली हुन्छे । व्यवहार गर्दा विभिन्न किसिममा साथीको आवश्यकता परिरहेको हुन्छ ।सहयोग गर्नेको खराब नियत र सहयोग लिनेको विवाह नै भइसक्यो, सहयोग नै गरेको छ के फरक पर्छ र भन्ने सोचले सामान्य सम्बन्ध विशेष हुनसक्छ ।

एक्लो हुनुको पीडा :- जब सामाजिक तथा मनोवैज्ञानीक रुपमा एकले अर्काको आवश्यकता परिपूर्ति गर्न पाउँदैन, व्यक्ति डिप्रेसनमा जान सक्छ । टिचिङ अस्पतालको आँकडा हेर्दा पनि पछिल्लो समय यस्तै समस्या लिएर आउने धेरै छन् । त्यस्तामा मानसिक किसिमको रोग भएको, बारम्बार बिरामी पर्ने, भौँतारिनेजस्ता नकारात्मकता बढी देखिएका छन् । यस्ता व्यक्तिले अरु–अरु साथी खोज्दै हिँड्ने गर्छन् । वर्षाैं नआएपछि के कुरेर बस्ने भनेर छाड्ने मनस्थितिमा उनीहरु पुगिसकेका हुन्छन् ।

Author Since: Dec 06, 2019

Related Post