कोरियामा निशुल्क कम्युटर सिक्न चाहने हरुलाई सुवर्ण अबसर!
- by siddhartha@post
- 1 year ago
- 0 comments

गुरुदत्त न्यौपाने/ सउल ,
दक्षिण कोरियामा रोजगारीको शिलशिलामा रहने विदेशी कामदारलाई लक्षित गरी निशुल्क कम्युटर क्लास शुरु हुने भएको छ।बिशेषगरी ख्यङ्गीदोको आनसान वरीपरीका लाई लक्षित गरिएको उक्त अबसर ईच्छुक जो सुकैले निशुल्क कम्युटर क्लासको लागी आबेदन दिन सक्नेछन।आनसान माईग्रेन्ट सेन्टरकी साजनाका अनुसार आनसान वरपरका ईच्छुकहरुले आबेदन दिई निशुल्क कम्युटर सिक्ने अबसरको सदुपयोग गर्न आह्वान गर्नुभएको छ।
बिहान ९:३० देखी १२:३० सम्मको कक्षा लिन सम्भव हुने ईच्छुक नेपालीहरुले उहाँलाई सम्पर्क गर्न सक्नुहुनेछ।सम्पर्कको लागी यो लिङ्क क्लिक गर्नुहोस।
https://www.facebook.com/AnsanMigrantCenterSajana/
आबेदन दिने समय : मिती २०२०/०१/१३ तारिख देखी २०२०/०१/२३ सम्म
तालीम अबधी : मिती २०२०/०२/०२ तारिखदेखी २०२०/०४/०५ सम्म
तालिम हुने स्थान : 안산글로벌다문화센터
