कोरियन भाषा पास भएर पनि पाँच हजार यूवा कोरिया जान पाएनन , भबिस्य अन्योलमा!
- by siddhartha@post
- 1 year ago
- 0 comments

काठमान्डौ कोरियामा कृषि क्षेत्रमा कामदार पठाउन समस्या भएको छ। मौसमअनुसार काम हुने र हिउँ पर्दा काम नहुनेलगायत कारण कृषिमा पास भएका अधिकतर युवा कामका लागि कोरिया जान पाएका छैनन्।कोरिया भाषा पास भएका साढे ५ हजारभन्दा बढी युवा कोरिया जान पाएका छैनन्। कृषि क्षेत्रमा मौसमअनुसार माग आउने भएकाले भाषा पास भएका
अधिकतर युवा रोकिएको खबर आजको अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले लेखेका छन्।रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाले म्यानुफ्याचरिङ र कृषि क्षेत्रमा सन् २००८ देखि कामदार लगिरहेको छ।
प्रबिधीमा कोरियाको चमत्कार,२०२३ सम्ममा उडने ट्याक्सी लन्च गर्ने !
दक्षिण कोरियाको मोटर उत्पादक कम्पनी हुन्डाई र अमेरिकी कम्पनी उबरले संयुक्त रुपमा उडने ट्याक्सी विकास गर्ने योजना तय गरेको छ।सन २०२३ सम्ममा बजारमा ल्याउने तयारीका साथ अगाडी बढेको एक कार्यकममा बताईएको छ।अमेरिकी सवारी निर्माता कम्पनी उबरले ल्याएको महत्वकाँक्षी योजनालाई कोरियाली कार निर्माता कम्पनी हुन्डाईले सघाउने भएको छ।
गत सोमबार एक पत्रकार सम्मेलन मार्फत जानाकारी गराईएको एयर ट्याक्सी निर्माण योजना २०२३ सम्ममा बिश्व बजारमा बिक्रीका लागी राखिनेछ।’S-A1′ मोडेल नम्बर नामाकरण गरिएको उक्त उडान कार बिधुतिय रिचार्जबाट चलाउन सकिने बताईएको छ।
“यो कार ब्याक्तिगत उद्देश्यको लागी अत्यन्तै महत्वपुर्ण हुनेछ।ठुलाठुला सहरहरुको लागी यो उपयुक्त हुनेछ।यसलाई सिधै ठाडो ल्यान्डीङ्ग तथा उडान भर्न सकिन्छ।रनवे को आवश्यकता नपर्ने भएकोले यो प्रयोग गर्न पनी सजिलो हुन्छ।” एक अधिकारीले बताए।
लगत्तै लाई यो कारमा चालक सहित पाँचजना बस्नमिल्ने गरी डिजाईन गरिएको छ भने हुन्डाई मोटर्सले यसलाई निकट भबिस्यमा चालक रहित बनाउने बताएको छ।