दक्षिण कोरियाको बेरोजगारी दर अहिलेसम्मकै सबैभन्दा उच्च !
- by siddhartha@post
- 1 year ago
- 0 comments

गुरुदत्त न्यौपाने/सउल ,दक्षिण कोरियामा २५~२९ बर्ष उमेर समुहका यूवाहरुको बेरोजगारी दर आर्थिक सहयोग तथा विकास संगठन (ओईसिडी) रास्ट्रहरुमध्य कोरियाको सबैभन्दा उच्च रहेको एक अध्ययनले देखाएको छ।बैङ्क अफ कोरियाले निकालेको प्रतिबेदन अनुसार २५~२९ बर्ष उमेर समुहका यूवाहरुको बेरोजगारी दर ओईसिडी रास्ट्रहरुमध्य सबैभन्दा धेरै २१.६ प्रतिशत रहेको थियो ।
विगत सात बर्ष देखी लगातार बेरोजगारी दर उच्च रहदै आएको दक्षिण कोरियाको बेरोजगारी दर यसपाली अहिलेसम्मकै सबैभन्दा बढी देखिएको हो।२१.६ % बेरोजगारी दर सहित कोरिया उच्च स्थानमा छ भने त्यस पछाडी १९.४ % सहित डेनमार्क दोस्रो स्थानमा छ,१८.२ % सहित मेक्सिको तेस्रो स्थानमा छ।त्यसैगरी बेरोजगारी कै दर चौँथो र पाँचौँ मा क्रमश १३% र १२ % सहित अमेरिका र जापान रहेका छन।युवाहरुको बेरोजगारी दर दक्षिण कोरियामा २०१३ देखी क्रमश घटदो क्रममा छ।अस्ट्रिया,स्विजरल्यान्ड,फिनल्यान्ड ,फ्रान्स र टर्कीमा समेत युवा बेरोजगारी दर घटदो क्रममा रहेको छ। अर्थ विद हरुका अनुसार दक्षिण कोरिया विश्वब्पायी आर्थिक मन्दीको चरम चपेटामा परेकोले युवा रोजगारी लाई प्रत्यक्ष प्रभाव पारेको बताएका छन।
यन्से युनिभर्सिटीका प्रोफेसर सङ ते युन का अनुसार दक्षिण कोरियामा नयाँ कामदारको शुरुवाती तलब अन्य देशको तुलनामा उच्च भएकोले यहाँका कम्पनीहरुले युवावर्गलाई काममा भर्ना गर्न हिच्किचाईरहेको बताउनुभयो।गत नोभेम्बरमा कोरियाको बेरोजगारी दर ०.१ प्रतिशतले घटेर ३.१ प्रतिशत भएको छ।सरकारी तथ्याङ्क अनुसार गत नोभेम्बरमा जागीर गर्ने कामदारको सङ्ख्या २७.५ मिलियन थियो।एक बर्ष अगाडीको रिपोर्ट अनुसार १५~२९ बर्ष उमेर समुहका युवाको बेरोजगारी दर ७.९ % बाट घटेर ७ % भएको थियो।