कोरिया खबर

कोरियामा वेल्डिङ्ग सिक्न चाहने हरुलाई सुवर्ण अबसर !

गुरुदत्त न्यौपाने/सउल , दक्षिण कोरियामा विदेशी मजदुरलाई लक्षित गरी बिभिन्न तालिमहरु संचालन गर्दै आईरहेको ह्वासाङ्ग बिदेशी परामर्श केन्द्रले वेल्डीङ्ग सिक्न चाहनेलाई सहुलियत दरमा वेल्डिङ तालिमको अबशर प्रदान गर्ने भएको छ।परामर्श केन्द्रका अनुसार दश हप्ता चल्ने उक्त तालिम बिशेष अनुभव प्राप्त विज्ञ हरुद्वारा दिईने जनाएको छ।

कोरियन पोलिटेक युनिभर्सिटी ह्वासाङ्ग क्याम्पसमा हुने उक्त तालीम प्रत्येक हप्ताको आईतबार बिहान ९ बजेदेखी बेलुकी ४ बजेसम्म चल्ने जनाईएको छ।ह्वासाङ्ग सी जुमिन सेन्टर मार्फत २० जनाको सिमीत समुहले मात्र तालिम लिन मिल्ने भएकोले त्यस वरिपरी हुने नेपाली दाजुभाई हरुले जतिसक्दो छिट्टो आबेदन दिएर आफ्नो सिट सुरक्षित गर्न सक्ने जनाईएको छ।

कार्यक्रम सम्बन्धी विस्तृत विवरण :
तालिम अबधी : २०२०~०३~०८ देखी २०२०~०५~१० तारिख सम्म प्रत्येक हप्ताको आईतबार बिहान ९ बजेदेखी ४ बजेसम्म (जम्मा १० हप्ता)

तालिम हुने स्थान : कोरियन पोलिटेक युनिभर्सिटी,ह्वासाङ्ग क्याप्पस

तालिम लिन पाउने कोटा : ह्वासाङ्ग सी मा बस्ने विदेशी नागरीक जम्मा २० जना

तालिम शुल्क : ३ लाख कोरियन वोन (दिउसो को खाना र भोलन्टियर को अवसर साथै तालिम सकिएपछी १ लाख कोरियन वोन फिर्ता पाईने )
सम्पर्क : ०३१-८०५९-१६२७
ठेगाना : ह्वासाङ्ग विदेशी परामर्श केन्द्र ,१ तल्ला सामुसिल यू मि ह्वा सन्सेङनिम ।

Author Since: Dec 06, 2019

Related Post