कोरिया खबर

कोरियामा उत्प्रेरणात्मक योग शिविर,तनाव व्यवस्थापन र खुसी कला ‘प्रशिक्षण हुने

सउल /दक्षिण कोरिया , अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाज (अनेसास) कोरिया च्याप्टरले कोरियामा सामान्य रुपमा आयोजना भैरहने कार्यक्रम भन्दा केहि भिन्न र फरक खालको कार्यक्रमको आयोजना गर्ने भएको छ । जुन “अन्तर्राष्ट्रिय योग तथा उत्प्रेरणा प्रशीक्षण ” एवं “उत्प्रेरणात्मक प्रवचन र तनाब ब्यबस्थापन ” कार्यक्रम हो ।

जीवनमा खुशी प्राप्त गर्ने बिभिन्न सरलविधि,रोग उपचारका प्राकृतिक योग विज्ञानका सूत्र, तनाव व्यवस्थापन, आरोग्य प्राप्तिका प्रक्रियाहरु, हास्ययोग(Therapy)को बारेमा जानकारी गराइने छ।कोरियामा रहने नेपालीहरु बिभीन्न समस्याको कारणले गर्दा मानसिक सन्तुलन गुमाउने, आत्महत्या गर्ने, एवं सुतेकै ठाउमा मृत्यू हुने जस्ता अनेकौं खालका समास्याहरु झेलिरहनुपरेको ले यो समस्यालाई न्यूनिकरण र तनाव व्यवस्थापन गर्न कोरियामा रहनहुने सम्पूर्ण नेपालीहरूलाई खुसियाली दिलाउनका लागि अनेसास कोरियाले बिल्कुलै फरक खालको दुई दिने कार्यक्रम आयोजना गरेको छ ।

अस्ट्रेलिया बाट पाल्नुहुने शान्ति दुत international motivational speaker ,life coach, author and UN-WPC peace ambassadors “आचार्य राजन शर्मा ” (भीमसेन सापकोटा ) द्वारा हुने उक्त कार्यक्रमको पहिलो दिन 18 जनवरी , 2020 सनिबार को साझ 6:00 बजे देखि “अन्तर्राष्ट्रिय योग तथा उत्प्रेरणा प्रशीक्षण ” र दोस्रो दिन 19 जनवरी,2020 आईतबार को बिहान 11:00 बजे देखि ” उत्प्रेरणात्मक प्रवचन र तनाब ब्याबस्थापन ” सम्बन्धि कार्यक्रम हुनेछ।अनेसास कोरियाले कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा गरेको छ ।

यो अति महत्त्वपूर्ण कार्यक्रमको संयोजक,ब्यावस्थापन र स्पोन्सर शुभेच्छा रेस्टोरण्ट संचालिका तथा समाजसेवि जुनू गुरुङ्गले गर्नुहुनेछ ।अनेसास कोरियाले २०१७ मे महीनामा २ दिने एशिया सम्मेलन गर्दा एक घण्टा समय निकाली तनाव ब्यावस्थापन(मोटिभसनल) बारे जानकारी दिनुभएको थियो उक्त समयमा प्रचार प्रसार नगरी कार्यक्रम गरेपनि ३५-४० जनाको उपस्थितिले कार्यक्रम गज्जव भएको र फ़ेरी पनि समय मिलाएर बोलाऊन सबैले आग्रह गरेको हुनाले यो कार्यक्रमको आयोजना गरिएको हो ।

Author Since: Dec 06, 2019

Related Post