कोरिया खबर

नेपालको ड्राईभिङ्ग लाईसेन्सलाई कोरियाको लाईसेन्समा परिवर्तन गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस !

कोरियामा हुनुहुन्छ र गाडी चढन चाहनुहुन्छ भने यहाँको लाईसेन्स अनिबार्य हुनुपर्छ।कोरियाको लाईसेन्स प्राप्त गर्न त्यति सहज छैन तर नेपालमा हुँदा नेपालको लाईसेन्स निकालेको छ भने त्यत्ती गार्हो पनि छैन।केही निश्चित प्रकृयाहरु पुर्याएर नेपालको ड्राईभिङ्ग लाईसेन्सलाई आधार मानेर कोरियाको लाईसेन्स बनाउन सकिन्छ।त्यसको लागी पुरा गर्नुपर्ने केही प्रकृयाहरुको बारेमा तल चर्चा गरिएको छ।

नेपालमा गर्नुपर्ने काम
आफ्नो लाईसेन्स नेपालको कुन ठाउँबाट निकालेको हो त्यो ठाउमा गएर एउटा पेपर बनाउनुहोस।कोरियाको ड्राईभिङ्ग लाईसेन्स बनाउनको लागी शिर्षकमा पेपर बनाउनुहोला।त्यो पेपर लगेर परराष्ट्र मन्त्रालयको कन्सुलर बिभागमा गई छाप र हस्ताक्षर गरेर ल्याउनुहोस।

कोरियाको नेपाली राजदुताबास मा पठाउनु पर्ने कागजातहरु
नेपालको सक्कली लाईसेन्स र त्यसको एकप्रति फोटोकपी,बिदेशी परिचयपत्र (एलिएन रजिस्ट्रेशन आईडी ) को एक प्रती फोटोकपी,परराष्ट्र मन्त्रालयको कन्सुलर बिभागबाट प्रमाणित गरीएको पेपर,सवारीचालक अनुमति प्रमाणीकरणको लागी निबेदन फारम प्रिन्ट गर्नुहोस र भर्नुहोस।सवारीचालक अनुमती प्रमाणिकरणको निबेदन kr.nepalembassy.gov.np मा गई डाउनलोड गरी फारम भरेर प्रिन्ट गर्नुहोस, पासपोर्टको फोटोकपी र ६५,५०० कोरियन वोन (समय अनुसार घटिबढी)साथमा नेपाली राजदुतावास सउलको ठेगानामा पठाउनुहोस।

नेपाली दुतावासबाट कागजपत्र प्रमाणित भएर आएपछी के गर्ने?
नजिकको अध्यागमन बिभागमा गई कोरिया ईन्ट्री र डिपाचर को रेकर्ड माग्नुहोस।जसलाई २००० कोरियन वोन(घटिबढी हुनसक्ने) शुल्क लाग्नेछ। आफ्नो सबै ओरिजिनल कागजातहरू (फोटो ३ वटा साथमा) लगेर नजिकको यातायात कार्यालय जानुहोस। यातायात कार्यालयमा फारम दिन्छ भर्नुहोस र नर्मल आँखा जाँच गर्नुहोस।आँखा जाँच गरेको १३,५०० वन (घटिबढी हुनसक्ने) लाग्नेछ । बिस मिनेट कुर्नुहोस र कोरियन ड्राईभिङ्ग लाईसेन्स साथमा लिएर जानुहोस।नोट :नेपालको ड्राईभिङ्ग लाईसेन्स आबश्यक परेमा प्लेन टिकट सहित यातायात कार्यालय (पहिले जहाँ गएको थियो त्यही)जानुहोस।.

Author Since: Dec 06, 2019

Related Post