कोरिया खबर

दक्षिण कोरियामा ३ लाख रोजगारी सिर्जना

(दक्षिण कोरिया) । गत वर्ष दक्षिण कोरियामा रोजगारी सृजना ३ लाख माथि पुगेको छ । पार्ट–टाइम कामदारहरुको संख्यामा भएको वृद्धिका कारण रोजगारी सृजना बढेको हो ।सन् २०१९ मा त्यहाँ ३ लाख १ हजार नयाँ रोजगारी सृजना बुधवार सार्वजनिक गरिएको सरकारी तथ्यांकले देखाएको छ ।सन् २०१८ को तुलनामा यो तीन गुणा बढी हो ।

रोजगारी सृजना ३ लाख माथि पुगेको २ वर्षयता यो पहिलो पटक हो । सो अवधिमा बेरोजगारी दर ३ दशमलव ८ प्रतिशतमा यथावत् रहेको छ ।समीक्षा अवधिमा रोगजारमा आवद्धहरुको संख्या २ करोड ७१ लाख २३ हजार रहेको थियो । समीक्षा अवधिमा रोगजारमा आवद्धहरुको संख्या २ करोड ७१ लाख २३ हजार रहेको थियो ।

१५ वर्ष देखि ६४ वर्ष उमेरका मानिसमा रोजगारी दर गत वर्ष बढेर ६० दशमलव ८ प्रतिशतमा पुगेको छ । यो सन् १९८२ यताकै उच्च हो । समीक्षा अवधिमा बेरोजगारको संख्या चाँहि १० लाख ६३ हजार रहेको छ । रासस/ योन्ह्याप

Author Since: Dec 06, 2019

Related Post