बिचार/ब्लग

कम्पनीको झ्यालबाट कोरिया बुझ्नेहरु कोरियाली नेपाली समाजका भाईरस हुन !

वोइ तेरो तलब कति आयो ? दाजु तपाईंको धेरै आयो कि मेरो ? भन्नेहरु र कम्पनीको किसुक्साको झ्यालबाट कोरिया हेरेर जानेर , बुझेर , सिकेर कमेन्ट गर्नेहरूनै कोरियाली नेपाली समाजका भाइरसहरु हुन ! यिनिहरु यति धेरै ईष्र्यालू हुन्छन् कि सबैभन्दा मै राम्रो र मै जान्ने भन्ठान्छन । दिनभरिको साहु र कोरिएनले गरेको गाली साझमा आएर कमेन्ट गरेर रिस सान्त पार्छन् ।

यो बर्गका मानिसहरु आफुले राम्रो काम त बिर्सेर पनि गर्दै गर्दैनन् साथमा सकारात्मक काम गर्नेहरुलाइ पनि उछितो काढेर आफ्ना चिनेजानेकालाइ उचाल्न भ्याउछन । यिनिहरुले पैसा र जोइ बाहेक दोस्रो सन्सार नै बुझ्न चाहादैनन । यो बर्गका मान्छेहरुले अरुको त खेदो खनेकै भरमा आफु बहादुरी भएको ठान्छन् ।

कोरियाली नेपाली समाजमा दिनरात नभनी नेपालीहरुको लागी जुनसुकै प्रहरमा सेवा सहयोग गर्ने खटिरहने मुक्त गुरुङ ज्युको पोस्टमा केहि दिन अघिको कमेन्टहरु पढे सार्है मन दुख्यो मेरो । समाजका भाइरस नेपालीहरु आफुले गाली गर्न पाएकोमा गर्व ठान्छन् तर उनीहरुको हैसियत तेहि कमेन्टले प्रष्ट पारिसकेको हुन्छ ।मित्रहरूले हेल्प पोस्ट भनेर हाल्नुभएको हुन्छ मजाकमा उडाउछन उनिहरु ।मानौं जुनसुकै पोस्टमा खिल्ली उडाउने तिनिहरुको बानी नै हो ।अरुलाइ गाली गर्न पाएकोमा आफुले सन्सार जितेको महसुस गर्छन् यिनिहरु ।

अस्ति मैले एउटा भाइको समस्या ग्रुपमा राख्दा हावामा उडाउनेहरु नै अधिक भेटिए , तेस्तो दिन तपाईंलाइ पनि आइपर्यो भने थाहा पाउनुहुनेछ खिल्ली उडाउनु र आफैले भोग्नुमा कति अन्तर छ ? जे होस त्यो भाइ अहिले nrna कोरियाको सचीव मनोज गौतमको साथमा हुनुहुन्छ केहि दिनमा परिमाण देखिएपछी जानकारी दिनेछु ।मैले यो बिदालाई सदुपयोग गरेर निशुल्क स्वास्थ शिबिर सन्चालनार्थ खुत्रुके अभियान गर्दैछु भन्दा पनि उडाइयो यहाँ । मेरो फेसबुक प्रोफाइलमा त कसैले तेस्तो भन्नुहुदैन , मैले यो महिना मात्रै अन्य अभियानहरुमा सहयोग गरेको स्लिपहरु यो ग्रुपमा हाल्दा पनि उडाइयो मलाई तर पनि म कसैसँग गुनासो गर्दिन र कसैले गाली गर्यो भन्दैमा गालिमै प्रतिउत्तर दिने मेरो बानी पनि छैन ।

फटाहा , चोर , मागिखाने भाडो गराउदै छ , यो ठग हो भन्नेहरूले स्क्रिन शट गरेर राख्नुहोला फागुनमा निशुल्क स्वास्थ शिबिर गरेर तपाईंहरु माझ देखाउने छु ।आशा छ सबैले 24/25/26 तारीख सानो सानो सहयोग गर्नुहुनेछ।कम्पनीको झ्यालबाट कोरिया हेरेर कमेन्ट गर्न बन्द गरौं । सकिन्छ प्रोत्साहन गरौं , सकारात्मक लाइक कमेन्ट गरौं सबैलाई ,सकिदैन आफ्नो औकात कमेन्टबाट दर्साउन बन्द गरौं । तपाईंको सोच सहयोगी भवानाको छैन भन्दैमा अरुलाइ पनि आफु जस्तै नसोचौ ।परिवर्तनको सुरुवात आफैबाट गरौं ।सक्नुहुन्छ धेरैको प्रिय हुन सिक्नुहोस , सक्नुहुन्न दुश्मनी पनि नबन्नुहोस ! धन्यवाद ।

Author Since: Dec 06, 2019

Related Post