News

जापानमा भेटियो नयाँ कोरोना भाइरस,कोरिया भित्रने यात्रुहरुलाई उच्च निगरानी राखिदै !

जापान जापानमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले बिहिवार यस्तो बताएको हो । मन्त्रालयका अनुसार ३० वर्ष आसपासका एक चिनियाँ व्यक्तिमा सो भाइरस पाइएको थियो । टोकियो नजिक कानागावा प्रिफेक्चरमा बस्ने ति व्यक्ति भर्खरै मात्र चीनको हपेई प्रान्तको राजधानी वुहानको भ्रमण गरेर फर्किएका थिए ।

जनवरी ३ मा वुहानमै रहँदा ज्वरो आएपछि जनवरी ६ मा ती व्यक्ति जापान फर्किका थिए । त्यसको एक दिन पछि नै उनी अस्पतालमा भर्ना भए ।चार दिनसम्म पनि स्वास्थ्य समस्या कम नभएपछि एक्स–रे गर्दा निमोनिया भएको थाहा भयो । मंगलबार गरिएको परीक्षणहरुले भने ति व्यक्तिमा कोरोना भाइरस पत्ता लगाएको थियो । स्वास्थ्य अवस्थामा सुधार आएपछि ति व्यक्ति बुधवार अस्पतालबाट घर फर्किसकेका छन् ।

चिकित्सक र सरकारी अधिकारीका अनुसार उनको संम्पर्कमा रहेका परिवारका सदस्य र उपचारमा संलग्न अस्पतालका कर्मचारीहरुमा भाइरस भेटिएको छैन । यद्यपि, स्वास प्रस्वासमा सम्रस्या र स्वास्थ्य अवस्था अस्वभाविक भएमा तत्कालै परीक्षण गराउन सबैलाई आग्रह गरिएको छ ।पछिल्लो समय चीन विशेषगरी वुहान प्रान्तमा सो भाइरसको बिगबिगी छ । सोही भाइरसका कारण निमोनिया भएर वुहानमा ६१ वर्षिय वृद्धाको ज्यान समेत गएको भन्द्रै अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले केही दिन अघि समाचार छापेका थिए । भाइरसका कारण गत सप्ताहन्तमा ४१ जनालाई निमोनिया भएको थियो ।

थाइल्याण्डमा पनि चीनबाट आएका एक यात्रीमा कोरोना भाइरस भेटिएको थियो । पछिल्लो समय जापानले चीनबाट आएका तथा चिनियाँ नागरिकहरुको विमानस्थलमा स्वास्थ्यसम्बन्धी चेकजाँच बढाएको छ ।चीनमा आगामी हप्तादेखि नयाँ वर्ष शुरु हुँदैछ । एक हप्ता लामो नयाँ वर्षको बिदा मनाउन विदेशिएका चिनियाँहरु स्वदेश फर्किने तयारीमा देखिएको कोरोनाको बिगबिगीले त्यहाँ पयर्टक तथा चिनियाँहरुको आगमन प्रभावित हुने आशंका गरिएको छ । सन् २००२ र २००३ मा पनि सयौं मानिसको ज्यान जाने गरि चीनमा सार्स फैलिएको थियो । कोरोनालाई सार्सको पुनरागमनको रुपमा हेर्न थालिएको छ ।

के हो कोरोना भाइरस ?

कोरोना भाइरस भाइरसहरुको समूह हो । यसले नाक र घाटीको माथिल्लो हिस्सा संक्रमण गर्छ । यो समूहमा पर्ने धेरैजसो भाइरस घातक हुँदैनन् । तर केही भने निकै गम्भीर खालका हुन्छन् । यी मध्ये केहीका कारण रुघा खोकी लाग्छ । नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, खोकी लाग्ने र ज्वरो आउने आदि यस भाइरसका सामान्य लक्षणहरु हुन् । छिटो छिटो स्वास फेर्नु, काम्नु र जीउ दुख्ने लक्षणलाई भने गम्भीर मानिन्छ ।

यो भाइरस पहिलो पटक सन् २०१२ मा साउदी अरबमा देखा परेको थियो । त्यतिबेला मध्य पूर्वमा मार्स भाइरसका कारण ४ सय ७५ जना भन्दा धेरैको ज्यान गएको थियो । त्यसपछि यो मध्य पूर्व, अफ्रिका, एशिया र यूरोपमा समेत देखा परेको थियो । सार्स र मार्स दुबै कोरोना भाइरसकै प्रकार हुन् । भाइरस सुँगुर बाहेक पनि चमेरा, उँट लगायत केही जनावरमा समेत पाइन्छ ।भाईरस हरेक देशमा देखिएसंगै कोरयामा पनि कोरिया भित्रने यात्रुहरुलाई बिशेष निगरानीका साथ क्वारेन्टाईन गरिएको छ।ईन्छन विमानस्थल हुँदै भित्रने यात्रुहरुलाई बिशेष चेकअप स्क्रिनिङ गरेर मात्रै एक्जिट दिईएको छ।

(एजेन्सीहरुको सहयोगमा)

Author Since: Dec 06, 2019

Related Post