कोरिया खबर

कोरिया सरकारले ३० वटा कोरियाली भाषा केन्द्र स्थापना गर्ने

सोल-दक्षिण कोरियाले सन् २०२० मा विश्वभर ३० वटा कोरियाली भाषा अध्ययन केन्द्र स्थापना गर्ने भएको छ ।विश्वमा के-पप म्युजिकको बढ्दो क्रेज, कोरियाली संस्कार को लोकप्रीयता तथा अन्य विविध कारणले कोरियाली भाषाको माग बढ्दै गइरहेकाले यसो गर्न लागिएको एक अधिकारीले बताएका छन् । वि. टि. एस ग्रुपको के-पपको बढ्दो लोकप्रीयताका कारण कोरियाली भाषा

सिक्ने मानिसको संख्या ह्वात्तै बढेको किङ्ग सेजोङ इन्स्टिच्युट फाउन्डेसनका संस्थापक कान् ह्योन ह्वाले बताएका छन् । किङ्ग सेजोङ इन्स्टिच्युट फाउन्डेसन कोरियाली संस्कृति मन्त्रालय मातहतमा रहेर कोरियाली भाषा विश्वभर अध्यापन गराउदै आएको छ ।उक्त फाउन्डेसनले हाल विश्वका ६० भन्दा बढी देशहरुमा आफ्नो भाषा कक्षा सञ्चालन गर्दै आएको छ र यो बर्ष २१० वटा भाषा प्रशिक्षण केन्द्र पु¥याउने लक्ष लिएको छ ।

संस्कृति तथा खेलकुद मन्त्रालयले उक्त कार्यका लागि २८.६ मिलियन अमेरिकी डलरको बजेट छुट्याएको छ ।यस बर्ष फाउन्डेसनले दक्षिण एसियाली राष्ट्रहरु, रसिया तथा अमेरिकी राष्ट्रहरुमा भाषाका संस्थानहरु स्थापना गर्ने जनाएको छ ।

Author Since: Dec 06, 2019

Related Post