बिचार/ब्लग

” ओलि बा मलाई मेरो अंश चाहिन्छ ।”

MCC को बिरोध गर्ने मन्त्रीहरुले राजीनामा दिएर जानुस भन्नुहुन्छ ओलि बाले ।बास्कोटा दाजुले पनि पत्रकार सम्मेलनमा 2/4 जना भुक्दैमा केहि खुस्किदैन MCC पास भएर छाड्छ भन्नुहुन्छ ।यि बरै नि ।ओलि बा आर्यघाट जादैगर्दा देशलाइ पनि मलामी लिएर जान लाग्नुभएछ ।तपाईं निसन्तान हुनुहुन्छ भन्दैमा देशै बोकेर जानु त भएननी ओलि बा ।उता सेरे काका ,गगने दाइ ,बिश्व दाइ पनि

लेखक

यो योजना पास हुनैपर्छ भन्नुहुन्छ अरे ।भिमे दाइले यो योजना रास्ट्रघाती छ भन्दै गर्दा त्यो केटो नालायक छ भन्नुहुन्छ अरे तपाईंले ।ओलि बा हजुरले त्यो MCC को सम्झौताहरु पढ्नु पनि भएको छ कि अरुले ठिक छ भनेको भरमा ठिक मान्नुभएको हो ? मैले त बुझ्नै सकिन ।अरुका आफ्नो सन्तान छन् ८/१० करोड भागमा परेको होला , अमेरिकी नागरिकता पाए होलान् ।आफु भलो त जगतै भलो भनेझैं आफ्ना सन्तान बोकेर उनीहरु त अमेरिका जालान सुरक्षा साथ बस्लान तर जब जब अमेरिकी सेनाहरुले तल्लो गाउँ ,पल्लो गाउँ र पारी घरका १५/१६ बर्शे नानिहरुलाइ क्याम्प भित्र लगेर सामुहिक बलात्कार गर्न थाल्नेछ्न हामी कहाँ जाने ओलि बा ? जब दाउरा काट्न गएकी काकिलाइ जङ्गलमै बलात्कार गरेर गाडिनेछ , अन्नपात लिन बेसि झर्दै गरेको काले दाइलाइ हातखुट्टा भाचेर भिरबाट खसालिनेछ हामी बाचेकाहरु कहाँ जाने कस्को शरणमा पर्ने ? यि अमेरिकी सेनाहरु कुनै पनि बहानामा नेपाल स्थायी रूपमा बसे भने कति सम्म अत्याचार र क्रूरता देखाउछन भन्ने सन्सारलाइ थाहा छ ! जहाँ पसे यिनिहरु कतिसम्म निर्दयी बन्छन् भन्ने हामी सबैले बुझेकै छौँ ।यिनिहरु पस्ने उपाए खोज्छन् अनि पसिसकेपछी कालान्तर सम्म अड्डा जमाएर बस्छन् ।इतिहास देखी कसैले गुलाम बनाउन नसकेको देशलाइ हजुरले सजिलोसँग गुलामी बनाउदै हुनुहुन्छ अरे ।

अमेरिकाले ५० अर्ब दिदैमा देश समृद्धि तर्फ उन्मुख होला त साच्चिकै , यदि देश आर्थिक सङ्कटमा पर्दै छ भने आफ्ना नागरिकहरुसङ्ग हार गुहार गर्नुहोस् , हरेक नागरिकले सकेको सहयोग गरेर देशलाई जोगाउने छन् तर जानीजानी यो देशलाई गृहयुद्धको मुखमा नधकेल्नुहोस ओलि बा ।तपाईंको आफ्नो सन्तान छैन त के भो ? सन्सारभरी छरिएर बसेका हामी सम्पूर्ण करोडौं नेपालीहरु तपाईंको सन्तान हौं तपाईं हाम्रो अभिभावक बा हुनुहुन्छ ।एउटा बाबुले जानाजान आफ्ना सन्तानहरुले दुर्गती बेहोरुन , यिनिहरुको भबिस्य अन्धकार होस भनेर भन्न सक्ला र ? जति म आफ्नो घरको मुलि भएर आफ्नो सन्तानको भबिस्य हेरिरहेको हुन्छु तेसैगरी तपाईंले पनि हामी सन्तानहरुको भबिस्य उज्ज्वल होस भन्नुपर्ने होइन र ।आफु मरे के जाती राजा होस भनेर तपाईंले भन्न् मिल्ला र ।अभिभावकले सन्तानको दायित्व बोध पनि गर्न सक्नुपर्छ ।बाबुले भनेको कुरा सधैं सकारात्मक छ भन्ने पनि हुँदैन ।कहिलेकाही छिमेकीले घर फुटाउन बाको कान फुकेको पनि हुनसक्छ।छिमेकीको कुरा सुनेर सिङ्गो घरनै सति लिएर जानु त भएननी , छोराछोरीको माया नभए पनि नातिनातिनाको माया मान्नुस ओलि बा ।

तपाईंले भलै त्यो त्रासदी देख्न नपाउनुहोला , मैले पनि त्यो बिबसता भोग्नु नपर्ला रे तर भर्खरै डाक्टर पढ्दै गरेको तपाईंको नातिको भबिस्यलाइ हेर्नुहोस , वकिल बन्ने तयारीमा रहेकी नातिनिको अनुहारमा हेरेर भन्नुहोस् न एकपटक ।” हो म मरेर गए पनि मेरा नातिनातिनाको लागी देशलाई सति लाने छैन ।”सति प्रथा उन्मुलनको सुरुवात त उहिल्यै भिमसेन थापाले गरेका थिए तर पनि तपाईंलाइ सति लिएर जाने मन छ भने म तपाईंको सति जान तयार छु किनकी मलाई तपाईंको नातिनातिनाको चिन्ताले सताएको छ त्यसकारण पहिला तपाईंले मलाई अङ्स दिनुपर्छ ओलि बा ।बाचुन्जेल जिबनी लेखिन्छ मरेपछि मात्रै इतिहास लेखिन्छ ।४६ देखी ७६ सालसम्मको कसैले निस्वार्थ इतिहास लेखिहालेछ भने यो बिचका सबैभन्दा अप्रिय र कालान्तर सम्म घृणाको पात्रको रूपमा सेरे काका जिवित हुनुहुनेछ इतिहासका पानाहरुमा ।तपाईंले त्यो काकाको भन्दा केहि राम्रो मेरो इतिहास बनोस भन्ने चाहानुहुन्छ भने मलाई अङ्स दिनुपर्ने हुन्छ ओलि बा ।अस्ति भर्खरै तपाईं रास्ट्रबादी देखिनुभएको थियो आज आएर कति छिटो आफ्नो रास्ट्रबादलाइ भुल्न थाल्नुभएछ नि है ।दुख लागेको छ ! तपाईंले आफ्नो अन्तिम चरणमा रास्ट्र अनि हामी सन्तानलाइ बिर्सनै लाग्दा मैले पनि अंश माग्नै पर्ने दिन आएको हो ओलि बा ।मैले तपाईं सङ्ग अंश माग्दै गर्दा तपाईंका अन्य सन्तानहरुले गाली गर्नेछन् मलाई , सेरे काकाका सन्तानहरुले झनै ज्यानै लिने धम्कि दिनेहोलान ।म तपाईं सङ्गै सति जान तयार छु तेसैले ब्यक्तिगत ज्यानको डर रत्तिभर छैन मलाई तर तपाईंको नातिनातिनाहरुको पिरले पिरोलेको छ ।तेसैले त म मेरो अंश माग्दैछु ओलि बा ! छोराले बाबु सङ्ग अंश माग्नु अधिकार हो , मलाई मेरो अधिकार तपाईंले दिनैपर्छ ।

ओलि बा हजुरले हामी सन्तानले पाउनुपर्ने सम्पति सुरक्षा साथ आफुले राख्नुभएको छ ।तपाईंले जस्लाइ चाह्यो उसैलाई त्यो सम्पती दिन सक्नुहुन्छ ।तपाईंको आदेश बिना यि सम्पतिहरु कसैले हल्लाउन पनि सक्दैन किनकी तपाईंको मात्रै पुर्ण अधिकार छ र तपाईंले जस्लाइ चाहानुहुन्छ उसैलाई आफ्नो सम्पती दिन सक्नुहुन्छ ।स्वतन्त्रता ,सूचना प्रबिधि बिधेयक,MCC(millennium challenge cooperation)
म तपाईंको घरभित्रको छोरा भएको नाताले ( तपाईं हामी सम्पूर्ण नेपालीहरु यो रास्ट्रका अभिभावकको छोराछोरी हौं ) रोजेर नै पहिलो अंश स्वतन्त्रता माग्छु ।यदि मलाई स्वतन्त्रता दिनसक्नुहुन्न भने लिपपोत , बडारकुडार गरेर सूचना प्रबिधी बिधेयक दिनुहोस् त्यो पनि लिन तयार छु म तर तपाईंले मलाई मेरो इच्छा बिपरित तैंले यो MCC लैजा भन्न पाउनुहुन्न ओलि बा ।यो MCC त अरु कसैले लैजान हो भनेर जबर्जस्ती भिडाउन खोजिएको भिख हो ! भिखारी बनेर पसेपछि मालिक बन्ने दाउ हो ।यस्तो भिखमा भित्र्याइएको सम्पती चाहिदैन मलाई ।न त हाम्रा पुर्खाले कसैको अधिनमा रहेर बाचे न त हाम्रा सन्ततिले अरुको अधिनमा रहेर बाच्न परोस ।तपाईंले मलाई मेरो अंशको अधिकार दिनैपर्छ ओलि बा।ओलि बा मलाई मेरो अंश चाहिन्छ ।तपाईंले आफ्ना सन्तानलाइ उनिहरुले पाउनुपर्ने अधिकार दिनुहुनेछ भन्नेमा आशा गरिरहेको छु ।मलाई मेरो आफ्नो अंश चाहिन्छ चाहिन्छ ।धन्यवाद ।लक्ष्मी नारायण बस्नेत , सुर्खेत हाल दक्षिण कोरिया ।मन पर्यो भने सबैलाई बाड्नुहोस ल ।सक्नुहुन्छ भने कसैले ओलि बालाइ सुनाइदिनुहोला ।

Author Since: Dec 06, 2019

Related Post