कोरिया खबर
२०२० को अन्तिमसम्म कोरियाका सबै सव-वे स्टेशनमा द्रुत गतिको 5 G ईन्टरनेट सेवा उपलब्ध हुने !
- by siddhartha@post
- 12 months ago
- 0 comments

गुरुदत्त न्यौपाने/ सउल
दक्षिण कोरियाका प्रमुख शहरहरुमा भएका ट्रेन तथा सव वे स्टेशनमा अत्यधिक द्रुत गतिको ईन्टरनेट 5G सुबिधा उपलब्ध हुने भएको छ।कोरियाका प्रमुख टेलिकमहरु KT टेलिकम, Sk टेलिकम र LG U plus ले छुट्टाछुट्टै जारी गरेको बिज्ञप्ती अनुसार यसै बर्षको अन्त्य सम्ममा कोरियाका प्रमुख शहरहरुमा भएका सव वे स्टेशन तथा ट्रेनहरुमा द्रुत गतिको ईन्टरनेट सुबिधा प्रयोग गर्न सकिने जनाएको छ।
कोरियाका प्रमुख टेलिकम्युनिकेशन हरुले ख्वाङ्जुमा भएका स्टेशनमा आधिकारीक रुपमा 5G सेवा सुचारु गरिएको उक्त सुबिधा मार्च सम्ममा बुसान,थेगु तथा थेजनमा समेत विस्तार गर्ने जनाईएको छ।
भिडियो हेर्नुहोस।
https://fbwat.ch/1eEt6sSrS3oSXby8
https://fbwat.ch/1eEt6sSrS3oSXby8