कोरिया खबर

कोरियन भाषा परीक्षार्थीको नयाँ रेकर्ड कायम – २०१९ मा ४ लाखले परीक्षा दिए

कोरियाली भाषा परिक्षामा सहभागी हुने परिक्षार्थिहरुको संख्याले सन् २०१९ मा आइपुग्दा नयाँ रेकर्ड कायम गरेको छ ।शुक्रवार सार्वजनिक गरिएको तथ्यांक अनुसार कोरियाली भाषाको ख्यातिका कारण यति धेरै परीक्षार्थी भएको बताइएको छ । तथ्यांकका अनुसार सन् २०१९ मा करिव चार लाख परिक्षार्थिहरु ईपीएस टपिक परिक्षामा सहभागी भएका थिए जव की सन् २०१८ मा करिव तीन लाख बीस हजार मात्र सहभागी भएका थिए ।

यो तथ्यांक नेशनल इन्स्टिच्युट फर इन्टरनेशनल एजुकेशन ले सार्वजनिक गरेको हो ।ईपीएस टपिक परिक्षा सुरु गरिएको बर्ष जम्मा २ हजार ६ सय ९२ सहभागी भएका थिए र हाल सम्म करिव २.५४ मिलियन परिक्षार्थिले कोरियन भाषा परिक्षामा सम्मिलित भएको पनि तथ्यांकले जनाएको छ ।

हटपाटीबाट

Author Since: Dec 06, 2019

Related Post