कोरियामा नया भिषा निती परिवर्तनले लाखौँ विदेशी हरु प्रभावित, आप्रवाशी बिशेषज्ञले दिए यस्तो सुझाव
- by siddhartha@post
- 1 year ago
- 0 comments

गत वर्षको अन्त्यमा तय गरेर यस वर्षको सुरुवातबाट लागु गरिएको नयाँ भिसा नितिका कारण धेरै आप्रवासीहरुको जनजिवन प्रभावित भएको छ ।हालै लागु गरिएको नयाँ भिसा नीतिका कारण एफ २-७ भिसाका आवेदक, एफ २-७ भिसा वाहक, नविकरण गर्ने वालाहरु त्था तिनका जोडीहरु नराम्ररी प्रभावित बनेका छन् ।यो एफ २-७ भिसा प्राय डी तथा ई स्तरका मजदुरलाई बसोबास प्रयोजनका निम्ति दिइने भिसा हो ।
यो भिसा कोरियन आप्रवासी तथा पुनर्मिलन कार्यक्रमले विभिन्न कार्यका आधारमा अंक निर्धारण गराई न्युनतम ८० अंक बाट १२५ अंक ल्याउने ब्यक्तिहरुलाई प्रदान गर्ने गर्दछ । तर हाल भिसा नविकरण गर्न पनि ८० अंक ल्याउनै पर्ने भएको छ ।४२ बर्षका बव जो १५ बर्ष भन्दा बढी समय बाट कोरियामा बसोबास गर्दै आएका थिए, उनी पनि आफ्नो भिसा नविकरण गर्न असमर्थ भएका छन् ।
यासको एउटै कारण उनको ढल्कदो उमेर हो । उनको उमेरका कारण जम्मा २५ अंक मात्र प्राप्त गरेका उनी नयाँ भिसा नितिबाट नराम्ररी प्रभावित भएका छन् । अब कोरियामा ढल्कदो उमेर समुहका आप्रवासीहरुलाई भिसा नविकरण गराउन समस्या हुने निश्चित छ ।
उनका अनुसार अब उनले पुन भिसा नविकरण गराउन ईपिएस टपिकको पाँचौँ तहको परिक्षा पास गर्नु पर्ने छ साथै कोरियन आप्रवासी तया पुनर्मिलन कार्यक्रम ले तोकेका न्युनतम शर्तहरु समेत पुरा गर्नु पर्ने छ । यसका अलावा आप्रवासीहरुको आमदानी पनि मापदण्ड अनुरुप हुनुपर्ने नयाँ भिसा नितिमा उल्लेख गरिएको छ । अब कोरियामा स्थायी रुपमा बसोवास गर्न चाहानेहरुको न्युनतम आमदानी कोरियाको कुल गाह्रस्थ उत्पादन सँग बराबरी अथवा त्यो भन्दा बढी हुन पर्ने छ ।
आप्रवासी विशेसज्ञ जाङ मान इकका अनुसार यो भिसा निति हचुवाका भरमा र हतारमा ल्याइएका कारण अपरिपक्व रहेको छ । अक्टोवर मा सुचना जारी गरि जनावरीबाट लागु गरिएको यो निति प्रयोगमा ल्याउन कठिन रहेको उनले औल्याए ।
उनले भिसा नितिका कारण हतास नभई कोरियन आप्रवासी तया पुनर्मिलन कार्यक्रम ले तोकेका शर्तहरु पुरा गर्न तथा आफ्नो आमदानी बढाउन अतिरिक्त काम गर्न तथा उच्च अध्ययन गरेर उच्च शिक्षा हासिल गर्न पनि सल्लाह दिएका छन् । साथै उनले भिसा सम्बन्धि जानकारी लिन १३४५ मा कल गर्न पनि सल्लाह दिएका छन् ।यो सामाग्री सेयर गर्नुहोस|-हटपाटीबाट