कोरिया खबर

काेरियाबाट फर्केका सुशिल खेतीमा रमाउँदै

सउल/दक्षिण कोरिया

मोरङको सुन्दरहरैचा नगरपालिकाका सुशिल घिमिरेले झण्डै पाँच वर्ष दक्षिण कोरियामा पसिना बगाए । पाँच वर्षसम्मको कोरिया बसाई पछि २०७३ सालमा स्वदेश फर्केका घिमिरे अहिले भने व्यवसायिक खेतिमा रमिरहेका छन् ।वैदेशिक रोजगारीले आर्थिक रूपमा सबल बनाए पनि देशमा नै केही गरौं भन्ने मनमा रहेको चाहना पुरा गर्न व्यवसायिक रुपमा खेतिमा जुटेको उनको भनाई छ ।

घिमिरेले २ विगाह खेतमा काउली, गोलभेंडा, बन्दा लगायतका तरकारी लगाएका छन। त्यसैगरी उनले २ विगाह क्षेत्रफलमा माछा पोखरी बनाएका छन् भने एक विगाह क्षेत्रफलमा कुखरापालन गरेका छन् । त्यसैगरी उनले कुरिलोको व्यवसायिक खेति समेत गरेका छन् ।मौसमि तथा बेमौसी खेति गर्ने घिमिरेले वार्षिक रुपमा १० लाख भन्दा बढि नाफा

गर्ने गरेको बताए । बेमौसमी तरकारी उत्पादन गर्दा राम्रो आम्दानी हुने भएकाले परम्परागत खेति छोडेर व्यवसायिक खेतिमा होमिएको उनले बताए । यसले आम्दानी उल्लेख्य बृद्धि भएको उनको भनाई छ । खेतीलाइ विस्तार गर्दै लैजाने साेच राखेकाे उनीले बताउँछन् ।

ईपिएस नतिजा स्वीकार नगरे समग्र ईपिएस प्रणालीमा असर पर्ने एचआरडी कोरियाको सुझाब !

२०१९ मा भएको कोरियन भाषा तथा सिप परिक्षण को नतिजा संग सम्बन्धित बिषय एचआरडी कोरियामा गुनासो गरेसंगै एचआरडी ले आफ्नो बिज्ञप्ती जारी गरेको छ।सिप परिक्षणको कलर भिजन मा आधारित रहेर सयौँ भाषा पास गरेका परिक्षार्थी हरुले असन्तुष्टी ब्यक्त गरेर ईपिएस नेपालको कार्यालयमा गुनासो गरेपछी ईपिएस नेपालले एचआरडी कोरिया संग यसबारेमा सोधेको थियो ।

एचआरडी ले जारी गरेको बिज्ञप्तीमा यसो भनिएको छ।
१/१४ मा गरेको रिजल्टमा एच आर डी कोरियाले प्राविधिक समस्याका कारण आफू बाट गल्ती भएको कुरा स्वीकारेको छ।पीडित साथीहरुले कलर ब्लाइन्ड र physical unfit बाहेक अरु सबैलाई पास गराउन राखेको माग एच आर डी कोरियाले स्वीकार गर्न नसक्ने कुरा बताएको छ।एच आर डी कोरियाले skill test को विस्तृत रिजल्ट सार्वजनिक गर्नु एच आर डी कोरियाको नियम विरुद्ध भएकोले सार्वजनिक गर्न अस्वीकार गरेको छ।

पीडित साथीहरुले २०२० मा टपिक परिक्षा नदिएर सिधै skill Test दिन पाउनु पर्ने मागमा एच् आर डी कोरियाले यो पनि आफ्नो सिद्धान्त विरुद्ध भएको र अरू सबै देशमा यसको पालन भइरहेको हुँदा नेपाललाई पनि यसको पालना गरिदिन आग्रह गरेको छ र उक्त मागलाई अस्वीकार गरेको छ।अन्तिममा भनिएको छ, हामी विनम्र अनुरोध गर्छौ प्रकाशित नतिजालाई स्वीकार गरिदिनुहोस् अन्यथा फेरि पनि यस्तै गुनासाहरु एच आर डी कोरियामा आएको खण्डमा इपिएस प्रणालीमा समस्या आउन सक्छ।

Author Since: Dec 06, 2019

Related Post