कोरिया खबर

कोरियन सैनिकले लिङ्ग परिवर्तन गरेपछी !

सोल-कोरियाली सैनिकहरुले विदाको समयमा गर्ने गरेको लिङ्ग परिवर्तन यहाँका सैनिक अधिकारीहरुको लागि टाउको दुखाइ को विषय बन्ने गरेको छ ।एक सैनिक अधिकारीका अनुसार सैनिकहरु जव विदामा घर जान्छन्, त्यो बेला आफ्नो लिङ्ग परिवर्तन गरेर फर्कने गरेको पाइएको छ । सैनिक अधिकारीका अनुसार त्यसरी सैनिक ब्यारेक छिर्ने सैनिकहरुलाई जागिरबाट बर्खास्त गर्न लाग्दा उनीहरु

महिला सैनिक भएर काममा निरन्तरता दिने भन्ने कुरो आउने गरेको छ । अधिकारीका अनुसार लिङ्ग परिवर्तन गरेर सैनिक सेवामा प्रवेश गर्न निषेध छ तर सैनिक सेवामा प्रवेश गरिसके पछि लिङ्ग परिवर्तन गर्नेहरुको बारेमा स्पस्ट कानुन नहुदा यो विषय निकै नै टाउको दुखाइको विषय बन्न थालेको पनि अधिकारीले उल्लेख गरेका छन् ।

कोरियन बार एसोसिएशनका भुतपूर्व प्रमुख किम ह्युनका अनुसार यो घटना कानुनको नयाँ बहसको विषय बनेको उल्लेख गर्दै कोरियाको संविधानले कुनै पनि नागरिक आफू पृथक लैङ्गिक भएकै कारण रोजगार गुमाउनु गैरकानुनी हुने समेत बताए ।

यो विषय विश्वभर नै फैलिएको विषय हो । अमेरिकामा पनि सन् २०१५ मा तेस्रो लिङ्गिहरुलाई सैन्य सेवामा लिइन थालेको थियो भने ट्रम्प प्रशाशनले यसलाई पुन बन्द गरेको थियो । तर ट्रम्प प्रशाशनले यस्तो अंकुश लगाउनु अगाडि सेवामा प्रबेश गरेका सैनिकहरु भने बर्खास्त गरिएका छैनन् ।

Author Since: Dec 06, 2019

Related Post