कोरिया खबर

बेलुका चाँडै सुत्नु पनि स्वास्थ्यको लागि हानिकारक

काठमाडौं-भनिन्छ विहान चाँडै उठ्ने मानिसहरु सफलताका प्रतिक हुन् र राती धेरैबेर बस्ने मानिसहरुमा चाँडै स्वास्थ्य समस्या पनि आउछ । तर डाक्टरहरुले चाँडै सुत्नु पनि स्वास्थ्यका निम्ति हानिकारक रहेको बताएका छन् ।दक्षिण कोरियाको ख्यंगी युनिभर्सिटी हस्पिटलका प्राध्यापक डाक्टर शीन वोन चुलका अनुसार हाम्रो मस्तिस्कले समय भन्दा छिटो काम गर्दछ र हामी जति चाँडै सुत्छौँ,

त्यतै नै चाँडो उठ्ने भएका ले मस्तिस्कको काम धेरै हुन्छ । फलस्वरुप हामी चाँडै बुढो हुन्छौँ ।यदी हामी चाँडै सुत्यौँ र चाँडै उठ्यौँ भने हामी गहिरो निद्रा लिन असमर्थ हुन्छौँ । यसो भएमा हामी चाँडै नै मधुमेह, उच्च रक्तचाप तथा मुटु सम्बन्धि रोगहरुबाट ग्रस्त हुन्छौँ । त्यसो भए हाम्रो निद्रा चक्रलाई कसरि ब्यवस्थित गर्ने त ?

हाम्रो निद्रा चक्रलाई ब्यवस्थित गर्न पहिले त बेलुकाको समयमा आफू बसेको ठाँउ वरपर पर्याप्त उज्यालोको ब्यवस्था गर्नु पर्दछ । यसो गर्नाले तपाइलाई चाँडै निद्रा पर्न दिदैन ।दोश्रो उपाय चाहिँ रातको १० बजेसम्म कुनै न कुनै रुपमा आफूलाई सकृय राख्नुस ता की तपाइलाई निद्रा बारे सोच्ने फुर्सद नै नमिलोस् । ओच्छ्यानमा निद्राले आकुल बनाए पछि मात्र जानुस ता की तपाई गहिरो निद्रामा सुत्न सक्नुहुने छ । यसो गर्न सके तपाइको शरिर स्वस्थ्य रहन मद्धत गर्दछ ।

Author Since: Dec 06, 2019

Related Post