बिचार/ब्लग

कमाएर होइन, बचत गरेर धनी हुन्छ, बचत गर्ने उपायहरू –

कुनैपनि व्यक्ति कमाएर होइन, बचत गरेर धनी हुन्छ । किनभने जति कमायो उति खर्च गर्ने मानिस कहिल्यै पनि धनी हुन सक्दैन । तर, आफ्नो कमाईबाट बचत गर्दै थप लगानी गर्दै अघि बढ्ने मान्छे अवश्य धनी हुन्छ । बचत गर्नु हाम्रो लागि फाइदाजनक कुरा हो । जीवनमा कति बेला कस्तो स्थितिको सामना गर्नु पर्छ यसबाट हामी सधै अनभिज्ञ छौ त्यसैले कुनै आपतकालीन अवस्था

आइपरेको खण्डमा हाम्रो वचत हाम्रो भगवानको रुपमा काम लाग्न सक्छ त्यसैले वचत गर्नु अत्यन्त जरुरि छ । बचत के का लागि गर्ने ? भन्ने प्रश्न आउँन सक्छ । जस्तै, भविष्यमा आइपर्ने आकस्मिक आर्थिक जोखिमलाई सजिलै पार लगाउन, बुढेसकाल लागे पछिको जीवनको लागि, आम्दानी कम भएको समयमा खर्च धान्न, शिक्षा, स्वास्थ्य उपचारका लागि, विबाह, सामाजिक रितीरिवाज मान्न, सामाजिक सुरक्षा, लगानी गर्न आदि प्रयोजनको लागि बचतको उपयोग भविष्यमा गर्न सकिन्छ ।

आज हामी बचत कसरी गर्ने भन्ने बारेमा बुँदागत रुपमा केहि तरिकाहरु उल्लेख गर्नेछौ ।

– बचत
कुनैपनि व्यक्ति कमाएर होइन, बचत गरेर धनी हुन्छ । किनभने जति कमायो उति खर्च गर्ने मानिस कहिल्यै पनि धनी हुन सक्दैन । एउटा ब्यक्तिले बचत दुई किसिमबाट गर्न सक्दछ । पहिलो, आम्दानीको केही भाग छुट्याएर र दोश्रो, खर्च कटौती गरेर । खर्च कटौती भन्नाले बस्तु तथा सेवाको भइरहेको उपभोगमा कटौती गर्ने होइन,बरु तीनै बस्तु तथा सेवा खरिद गर्ने समयमै सपिङ्गमलमा केही ध्यान पुर्याउन सकेमा सँधै भुक्तानी गरिरहेको बिल रकममा केही पैसा कटौती भई बचत गर्न सकिन्छ ।

– आयस्रोत र खर्चमा सन्तुलन गर्ने ।
नेपाली उखान अनुसार घाँटी हेरेर हाड निल्नु भने जस्तै वचतको लागि आयस्रोत र खर्च विच सन्तुलन हुनु जरुरी हुन्छ । यदि तपाइको आम्दानी १० हजार र खर्च १५ हजार भयो भने वचत त परको कुरा बरु ऋण लाग्छ त्यसैले यदि आम्दानी भन्दा खर्च धेरै भइरहेको छ भने आय स्रोतको खोजी गरेर आम्दानी बढाउने प्रयत्न गर्नु पर्दछ । त्यस्तै अनावश्यक रुपमा खर्च भइरहेको छ या छैन त्यसको पनि त्यत्तिकै ध्यान दिनु जरुरि छ ।

– खर्च गर्दा योजना बनाएर गर्नुपर्छ ।
यसको लागि आर्थिक साक्षरता बन्नु पनि जरुरि हुन्छ । आर्थिक साक्षरता भन्नाले पैसाले कसरी, कति र के काम गर्छ भनी बुझ्न सक्ने हुनु हो । आर्थिक साक्षरताको अभावमा व्यक्तिले परिवार व्यवस्थापन तथा व्यवसाय सञ्चालन गर्ने क्रममा कमजोर निर्णय गर्न सक्छ, जसले परिवारको आर्थिक सबलतामा प्रभाव पार्न सक्छ । परिवारको आर्थिक सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको कुनै–कुनै तरिकाले राष्ट्रलाई नै असर पर्दै जानु हो ।

– आवश्यक सामान किन्दा विशेष ध्यान दिने ।
बजारमा बस्तु तथा सेवाको पैसा भुक्तानी गर्दा मोलमलाई गर्नु केही छुट सुविधा छ कि भनेर सेल्समा सोध्नु, नयाँ अफरको बारेमा बुझ्नु, buy one get one free offers जस्ता अफरका बारेमा थाहा पाउनु, महङ्गो बस्तु तथा सेवा खरिद गर्नु भन्दा पहिला दश मिनेट सोच्नु, सामानको तालिका बनाएर मात्र सपिङ्ग गर्नु, बिल लिन नछुटाउनु, कार्डबाट भुक्तानी गर्दा केही सुविधा छ कि भनेर काउन्टरमा प्रश्न गर्नु जस्ता बानीले एउटा सचेत उपभोक्ताको पहिचान हुनुका साथै ब्यक्तिगत तथा पारिवारिक बचतमा थप बल पुग्न गई सन्तृष्टि पनि प्राप्त हुन्छ ।

त्यस्तै अन्य सामान्य घरायसी गतिविधिहरु जसले खर्च घटाएर वचत गर्न सहायोग गर्दछ ।

धुम्रमान, मदिरापन नगर्ने ,आवश्यक नभएको समयमा टिभि, रेडियो, बत्ति, म्युजिक सिस्टम जस्ता इलेक्ट्रोनिक सामाग्री बन्द गर्ने ,घरमा भएका पुराना तथा अनावश्यक बस्तुहरु बिक्री गरिदिने ,आवश्यक पर्न सक्ने बिग्रीएका बस्तुहरु तथा कपडाहरु तालिका बनाएर मर्मत गर्ने ,Sale मा छुट पाएको बेलामा ठूलो मात्रामा सामान उठाउने, तयारी खानेकुरा धेरै नखाने ,वार्षिक रुपमा शुल्क बुझाइरहनु पर्ने तर प्रयोग गर्न नभ्याउने संस्थाको कुनै पनि सेवा नविकरण नगर्ने ,लगाउने कपडा मात्र किन्ने,आफुले प्रयोग गरेर खाली भएको कोठा, फ्ल्याट भाडामा दिने जस्ता सामान्य बानीले हाम्रो बचत बढाउँछ ।साथमा एउटा नोटबुक सँधै साथमा लिने गर्नुहोस्, ताकि महत्वपूर्ण र लाभदायिक जानकारी नोट गर्न पाइयोस् ।

Author Since: Dec 06, 2019

Related Post