ईन्टरनेट दुनियामा कोरियाको छलाङ, अत्यधिक द्रुत गतिको ईन्टरनेट बिस्तार!
- by siddhartha@post
- 1 year ago
- 0 comments

सोल/दक्षिण कोरिया ,कोरियाका उत्कृष्ठ टेलीकम्युनिकेशन सेवा दिइरहेका तीन कम्पनीहरुले फाइभ जी सेवा विस्तारका लागि हातेमालो गरेर अगाडी बढ्ने जानकारी दिएका छन् ।कोरियाका प्रतिष्ठित दुरसञ्चार सेवा प्रदायक कम्पनीहरु एसके टेलीकम कम्पनी, केटी कर्पोरेशन तथा एलजी यू प्लस कम्पनीहरु विच यस्तो सहमती भएको हो ।
कम्पनीहरुका अनुसार उनीहरुले सोल शहर भन्दा करिव ३३० किलोमिटर दक्षिण पश्चिमको ग्वाङजु भन्ने ठाँउमा फाइभ जी का निम्ति आवश्यक संरचना समेत निर्माण भएसकेको जानकारी दिएका छन् ।कम्पनिहरुले यस आर्थिक बर्षको पहिलो चार महिना भित्र मुख्य शहरका मेट्रो स्टेशन, सव वे तथा अन्य महत्वपूर्ण क्षेत्रमा सेवा सुरु गर्ने जानकारी समेत दिएका छन् ।
सोल लगायत देशका मुख्य शसरहरुमा यस बर्षको अन्त्य सम्ममा सेवा सुरु गर्ने समेत उनीहरुले जानकारी दिएका छन् ।कम्पनिहरुका अनुसार दक्षिण कोरियामा हरेक दिन करिव ६.७ मिलियन मानिसहरुले सव वे को प्रयोग गर्दछन् र उनीहरुको कामलाई प्रत्यक्ष सहयोग गर्ने हेतुले सुरुमा त्यस्ता क्षेत्रमा फाइभ जी सेवा विस्तार गर्न लागिएको कम्पनीहरुले जानकारी दिएका छन् ।