कोरिया खबर

कोरियाबाट ८ हजार अबैधानिक बिदेशी कामदार स्वदेश फर्के

सोल/दक्षिण कोरिया-दक्षिण कोरियाली न्याय मन्त्रालयका अनुसार हालै ८ हजार ९३ जना गैरकानुनी रुपमा कोरिया बस्दै आएका आप्रवासीहरुले स्वयंसेवी रुपमा कोरिया छाडेका छन् ।न्याय मन्त्रालय श्रोतका अनुसार गैरकानुनी रुपमा कोरिया बस्दै आएका आप्रवासीहरुलाई गत फेब्रुवरी ३० सम्ममा कोरिया छाडेर जान उर्दी जारी गरेको थियो ।

डिसेम्बर ११ मा कोरियन सरकारले छोटो भिसा लिइ कोरिया आएर लामो समयसम्म बसोवास गर्ने कोरियालीहरुलाई सो अल्टिमेटम दिए सँगै हरेक दिन दोब्बरको दरमा कोरिया छाडेर जान थालेका छन् ।सरकारी अधिकारीका अनुसार मार्च १ तारिखबाट त्यस्ता आप्रवासीहरु भेटिएमा कानुन बमोजिम कडा कारवाही गरिने तथा कोरिया प्रवेश गर्न बाट पूर्णरुपमा बन्देज लगाइने समेत जनाइएको छ ।

त्यसै गरि सरकारले रोजगारदाताहरुलाई समेत चेतावनी दिएको छ । अधिकारीका अनुसार मार्च ३१ सम्ममा आफ्नो कम्पनिमा गैरकानुनी बसेका आप्रवासीहरुको बारेमा सुचना दिने कम्पनीहरुलाई सरकारले कुनै प्रकारको कारवाही नगर्ने तर सो समय पछि कुनै पनि कम्पनीमा त्यस्ता गैरकानुनी कामदार पाइएमा उक्त कम्पनीलाई तीन बर्ष सम्म आप्रवासी कामदार ल्याउन प्रतिबन्ध लगाउने सम्मको कारवाहि गर्ने मन्त्रालय श्रोतले जनाएको छ ।

Author Since: Dec 06, 2019

Related Post