खतरनाक कोरोना भाईरसका कारण उत्तर कोरियामा पर्यटकलाई बन्देज
- by siddhartha@post
- 1 year ago
- 0 comments

काठमाडौं- चीनमा तीब्र रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोप आफ्नो देशमा समेत पर्ने सम्भावनालाई मध्यनजर गर्दै उत्तर कोरियाले आफ्ना सबै प्रवेष नाकाहरु बन्द गरेको जनाएको छ ।उसले उत्तर कोरिया घुम्न जान चाहाने पर्यटकहरुलाई समेत अस्थायी रोक लगाएको हो । चीनमा हालै सोही भाइरसले तीन जनाको ज्यान लिइसके पछि आफ्नो देशमा समेत सो रोग फैलन सक्ने सम्भावनालाई
मध्यनजर राख्दै उसले सो निर्णय लिएको हुनसक्ने अनुमान गरिएको छ । उत्तर कोरिया प्रवेश गर्ने एक मात्र नाका चीन भएकाले पनि उ सो रोगसँग बढी नै शशंकित भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।योङ्ग पायोनियर टुर्स चाइनाका अनुसार हाल उत्तर कोरियाले चीनका सम्पूर्ण ट्राभल्स कम्पनिहरुलाई एक सुचना पठाई उक्त भाइसरको
उपचार पत्ता नलागेसम्म कुनै पनि पर्यटकहरुलाई आफ्नो देश भ्रमणको प्रवन्ध नमिलाउन निर्देशन दिएको जनाएका छन् । उत्तर कोरियाका सरकारी अधिकारीहरुका अनुसार नाका बन्द गर्नु स्थायी समाधान नभएकाले आफूहरु यसको विकल्पका लागि गम्भिर भएर लागि परेको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।