News

कोरियामा जस्तै अत्याधुनिक प्रबिधीको गाई फर्म सन्चालनमा,जहाँ मेशिनले गाई दुहिन्छ !

चितवन,लहरै देखिने यी गाई गोठ चितवनको खैरहनी नगरपालिका कुमरोजमा पर्ने लालिगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरका हुन् । यहाँ गाइलाई दाम्लोले बाँधिदैन । गाई स्वतन्त्र आफ्नै गोठमा घुमिरहन्छन् । कामदारहरु आ—आफ्नो जिम्माको काम गरीरहेका छन् । लालिगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर लालिगुराँस बहुउदेश्यीय सहकारी सस्थाले सञ्चालनमा ल्याएको हो ।

नयाँ प्रविधि अनुसार गाई गोठ बनाइएको सस्थाका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारीले जानकारी दिए । अहिले दिउँसोको चार बज्यो । अब दुधालु गाईहरु आँफै अत्याधुनिक प्रविधिको दुध दुहुने मेसीनसम्म आइपुग्छन् ।यहाँ मेसीनबाट गाईको दुध दुहिन्छन् । मेसीनले नै कुन गाईले कति दुध दियो रु दुधको फ्याट कति छ रु त्यो गाईको तौल कति छ रु सबै पत्ता लगाइदिन्छ ।

लालिगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर पाँच बर्षदेखि सञ्चालनमा छ । यो नेपालकै नमुना गाई फार्म हो । यति ठुलो र सुविधा सम्पन्न गाई फार्म नेपालमै छैन । फार्ममा दुधालु गाईको लागि छुट्टैै गोठको व्यवस्था छ भने सुत्केरी गाई, लैना बाच्छाबाच्छी बस्नको लागि छुट्टै गोठ बनाइएको छ ।यति रहरलाग्दो गाई फार्म बनाउन सहकारीले मन खोलेर लगानी गरेको छ । बहुउदेश्यीय सहकारी भएकाले पनि कृषी, शिक्षा, स्वास्थ्य, उर्जा लगायतका क्षेत्रमा लगानी गर्नुपर्नेहुन्छ । त्यसै अनुरुप सहकारीले कृषी अन्र्तगत गाई फार्ममा लगानी गरिएको कार्यकारी प्रमुख भण्डारी बताउछन् ।

चितवनमा २० बिगाह क्षेत्रफल जग्गा खरिद गरी गाई फार्म सञ्चालनमा ल्याइएको छ । भौतिक पुर्वाधार बाहेक अन्य खर्च समेत जोड्ने हो भने ४० करोडको लगानी भईसकेको छ । २० बिगाह क्षेत्रफल अन्र्तगत ७ बिगाहमा गाई फार्म छ भने भाडामा लिएको २८ बिगाहसहित बाँकीमा घाँस खेती गरिएको छ । ठुलो क्षेत्रफलमा लगाइएको घाँसलाई थप प्रशोधन गरेर गाई गोठसम्म पु¥याउने लक्ष्य लिइएको छ ।बगानमा उन्नत जातको घाँस लगाइएको छ । जुन एकपटक रोपेपछि बर्षौसम्म काट्न सकिन्छ । गाईहरुलाई अहिले आफ्नै बगानको घाँस खुवाइएको छ । केहि मात्रमा पराल पनि । दुहुना गाईबाट उनिहरुको क्षमता अनुसार दुध निकाल्न उनीहरुको खानपीनमा ध्यान दिनपर्छ । त्यसैले होला दाना उत्पादनको लागि आफ्नै कारखाना छ ।

लालिगुराँस डरी फार्म एण्ड रिसर्च सेन्टरमा अहिले पाँच सय पचास भन्दा धेरै गाई छ । जसमा २ सय बढी दुधालु गाई छन् । दैनिक ५ सयदेखि २ हजार लिटर सम्म दुध फार्मबाट उत्पादन हुन्छ । दुध सोझै भक्तपुरको एक डेरीमा ल्याइन्छ । केहि समयपछि भने सहरकारीले आफ्नै डेरी सञ्चालन गर्नेछ । जहाँ दुग्धजन्य पर्दा उत्पादन हुनेछ ।फार्मबाट अहिले भईरहेको उत्पादनले लालिगुराँस बहुउदेश्यीय सहकारी सस्थाको चित्त भने बुझेको छैन । भौतिक पुर्वाधारको रुपमा हेरिने गोठको व्यवस्थापन राम्रो भएपनि समग्र गाईको स्वास्थ्यको राम्रोसँग ख्याल गर्न भने सकिएको छैन । गोठमा गाईको भन्दा गोरुको सख्या बढी भयो भने किसानको लगानी डुब्छ ।

‘त्यसैले पनि कृतिम गर्भाधान गराउँदा बहरको तुलनामा बाच्छी जन्मने सम्भावना बढी भएको प्रबिधि भित्र्याउन आवश्यक छ ।’ भन्छन्, कार्यकारी प्रमुख भण्डारी । नेपालमा भैंसी पाल्नमा जस्तो सजिलो गाई पाल्न छैन । उत्पादन दिन छोडेको गाईलाई के गर्ने रु किसानहरु अन्यौलमा छन् । नेपालमा दैनिक दुग्धजन्य पदार्थ बाहेक पाँच लाख लिटर दुध मात्रै खपत हुन्छ । नेपालको उत्पादन भने मात्र साढे तीन लाख लिटर छ । बाँकी दुध भारतबाट आयात हुन्छ । तथ्यांक अनुसार बार्षिक नेपालमा पाउडर दुधसहित गरेर २० खर्ब लिटर दुध आवश्यक पर्छ । त्यो आवश्यकता पुर्ती गर्नको लागि मेघा प्रोजेक्टको रुपमा लालिगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरको स्थापना भएको कार्यकारी प्रमुख भण्डारी बताउछन् ।

पाँच बर्ष अगाडीबाट सुरु भएको फार्म स्थापना गर्ननै तीन बर्षसम्म अध्ययन गर्न पर्यो । यो बिचममा लालिगुराँस बहुउदेश्यीय सहकारी सस्था किसानको गोठगोठमा पुग्यो । नेपालमा व्यवसायीक गाई पालन, त्यसको चुनौती र अवसरको गहिराईमै पुगेर अध्ययन गर्यो । नेपालकै नमुना गाई फार्मले अझै पुर्णता भने पाउन सकेको छैन । अबको पाँच बर्षभित्रमा भने लालिगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर पुर्णता पाउनेछ । फार्ममा अहिले जर्सी, जर्सी क्रस, होलीस्टेन क्रस र साईवाल क्रस जातका गाई छन् । यी जातका गाई विशेष गरेर युरोपीयन राष्ट्रमा पाईन्छ । पुर्ण रुपमा लालिगुराँस डेरी फार्म सञ्चालन हुन थालेपछि यी जातका दुधालु गाईहरु किसानको गोठगोठमा पुग्नेछन् ।

लालिगुराँसको आफ्नै रिचर्स सेन्टर समेत छ । जहाँ व्यवसायीक रुपमा गाई पाल्न थालेका किसानलाई परामर्श दिने काम हुन्छ । कार्यकारी प्रमुख भण्डारीका अनुसार व्यवसायीक रुपमा गाई पाल्ने किसान तथा सस्थालाई सहुलियत दरमा कर्जा दिने व्यवस्था समेत हुनेछ । तर, किसानको गोठबाट उत्पादन भएको दुधको बजार कस्तो छ रु कार्यकारी प्रमुख भण्डारी भन्छन् । व्यवसायीक गाई पालनमा लागेको किसानहरुले आगामी दिनमा राम्रै बजार पाउने उनको भनाइ छ । तर राज्यले भने किसानमैत्री निती ल्याउन जरुरी छ । राज्यले किसानलाई प्रोत्साहन गर्नपर्छ

Author Since: Dec 06, 2019

Related Post