कोरियन पपको महाराजा ‘विटिएस’ ग्रुप विश्व यात्रामा निस्किँदै, कुन–कुन देश पुग्दैछन् ?
- by siddhartha@post
- 1 year ago
- 0 comments

सउल। कोरियामा पप संगीतको महारा उपनामले परिचित सांगितिक समुह ‘बिटिएस’ ग्रुप विश्व भ्रमणमा निस्किने भएका छन् ।सन् २०२० को अप्रिल महिनाबाट यो टिम विश्व भ्रमणमा निस्किनेछन् । ‘म्याप अफ द सोल’ नाम दिइएको उक्त सांगितिक यात्रा अप्रिल ११, १२ र १८,१९ मा सोल ओलम्पिक रंगशालामा चार वटा कन्सर्ट गरे सँगै सुरु हुने आयोजकले जनाएको छ ।
यो सांगितिक यात्रा विश्वभरका १७ वटा शहरहरुमा ३७ वटा कन्सर्ट गरेर समापन गरिने आयोजकले जनाएको छ ।कन्सर्टहरु अमेरिका, जापान, क्यानडा, बेलायत, जर्मनी तथा स्पेनमा हुने जानकारी कार्यक्रमका आयोजकले बताएका छन् ।२५ अप्रिलमा सान्टाकाराबाट सुरु हुने उक्त कन्सर्ट लस एन्जलस, डल्लास, ओर्लाण्डो, एट्लान्टा, न्यु जर्सी, वासिङ्टन डि।सी तथा सिकागो मा सम्पन्न गरिने छन् ।
फुकुओकामा अर्को कन्सर्ट गरे पछि टोली टोरोन्टो हुदै बर्लिन तथा वार्सिलोनाको कन्सर्टका लागि अगाडि बढ्ने छ । जापानको ओसाका, साइतामा तया टोक्यो लगायतका शहरहरुमा आफ्ना प्रस्तुति दिए सँगै विटिएस यात्रा सकिने आयोजकका एक सदस्य विग हिट्सले जानकारी दिए ।
‘लभ योरसेल्फ’ थिममा गत बर्ष गरिएको विश्व भ्रमणमा करिव २० लाख फलोअर्स कमाएको विटिएस ले ६२ वटा कन्सर्ट गरेको थियो भने यस बर्ष अझ सशक्त हुने पनि उनले बताए ।